पेन्सनको पुनरावलोकन गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा झडप हुँदा निकारागुआमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
निकारागुआको राजधानी मानागुआमा बिहीबार राति भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपका क्रममा उनीहरु मारिएका हुन् ।
नयाँ बनाइएको पेन्सनसम्वन्धी कानूनमा औसतमा पाँच प्रतिशत पेन्सन घटाइएकाले कर्मचारी असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनकारीले नयाँ बनाइएको पेन्सनसम्वन्धी कानूनको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । झडपमा परी मृत्यु हुनेमा एक जना ३३ वर्षीय प्रहरी रहेका छन् भने अर्का एक जना प्रदर्शनकारी युवा रहेका छन् । विपक्षी प्रदर्शनकारीले अर्का एक जना विद्यार्थी पनि प्रदर्शनका क्रममा मारिएको दाबी गरेका छन् ।
रासस
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने