April 17, 2018

 ९ गते नै पार्टी एकता गर्ने एमालेको निष्कर्ष ‘जनयुद्ध’मा लचिलो,

'जनयुद्ध'मा लचिलो, ९ गते नै पार्टी एकता गर्ने निष्कर्ष 

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ । पार्टीको धारणासहित मंगलबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले विवादित विषयहरु टुंगो लगाएर वैशाख ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटीको बैठकमा सबै सदस्यले अब एकता प्रक्रिया अघि बढिसकेकाले रोक्न नहुने धारणा राखेका थिए ।
तर, नेकपा माओवादी केन्द्रले अनुपातका लागि राखेको अडान सही नभएको निष्कर्ष एमालेको थियो ।

एमालेका एक नेताका अनुसार माओवादीले पचास प्रतिशत भन्नुका पछाडि केही गम्भीर षडयन्त्र हुन सक्ने आँकलन नेताहरुले गरेका छन् । भोलि पार्टी फुटाउनुपरेमा आवश्यक संख्या आफूसँगै राख्न चाहेको हुन सक्ने ठहर एमालेको थियो । त्यसका लागि माओवादीले भनेको ‘जनयुद्ध’ शब्द विधानमा राखेर जान एमाले लचिलो भए पनि अनुपातमा भने अडान कायमै रहेको ती नेताले जानकारी दिए ।

एमाले नेता भीम रावलले भने बैठकपछि  बुधबार बिहान बस्ने बैठकपछि ९ गते एकता हुने कि नहुने भन्ने टुंगो लाग्ने बताए । तर, नेम्वाङले ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक