April 14, 2018

 सिरियामा अमेरिकि सेनाले मिसाइल आक्रमण सुरु गर्यो

काठमाडौँ १ बैशाख -अमेरिकि सेनाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । सिरियाको विद्रोहीहरुले नियन्त्रण गरेको क्षेत्रमा रसायनिक आक्रमणको जवाफमा अमेरिकाले सिरियाली सेनाविरुद्ध आक्रमण गरेको हो ।

अमेरिकाको सैन्य हमलामा फ्रान्स र बेलायतले पनि साथ दिएका छन् । ट्रम्पले दुई देशको सहयोगमा सिरियामा क्षेप्यास्त्र हमलाको अनुमति दिएको पनि बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेले सिरियामा बल प्रयोग गर्नुको कुनै विकल्प नभएकाले आक्रमण गर्नुपरेको बताएको बीबीसीले जनाएको छ । तर रुसले भने सिरियाली सरकारलाई सहयोग गर्दै आएको छ ।

सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय