दाँत जोगाउने र मुख स्वस्थ राखने उपाय !

स्वस्थ खाना भन्नाले शरीरको बृद्धि र विकासलाई चाहिने आवश्यक पौष्टिकतत्वयुक्त खाना भनेर बुझिन्छ। यी पौष्टिक तत्वहरु कार्वोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिजपदार्थ हुन्। कार्वोहाइड्रेट पाइने स्रोतहरु अन्न, आलु, दूधजन्य परिकार र फलफूल हुन् ।

दाँतमा टाँसिने र रिफाइन गरिएको कार्वोहाइड्रेटयुक्त (जस्तैः बिस्कुट, चकलेट, चाउचाउ, पाउरोटी आदि) खानेकुरा दाँतका लागि हानिकारक हुन्छ। यी खानेकुरा खाएपछि दाँत सफा गर्नु अपरिहार्य हुन्छ। कार्वोहाइड्रेटयुक्त खानेकुराबाट मुखमा हुने ब्याक्टेरियाले अम्लीय पदार्थ बनाँउछ। यो पदार्थले दाँतलाई क्षति गर्दछ र विस्तारै दातँमा खाल्डो पर्छ।

जसलाई समयमै उपचार गरेन भने यो बढेर जान्छ र दाँत दुख्छ। हामी यस्तो अवस्थालाई दाँतमा किरा लागेको भनेर बुझ्छौँ। रेसादार (फाइबरयुक्त) खानेकुराले दाँत सफा गर्छ र दाँतसम्बन्धी समस्या आउने सम्भावना कम हुन्छ। फाइबर अन्तर्गत गँहु, मकै, गेडागुडी, बन्दा, मुला, मटर, स्याउ, नास्पाती आदि पर्छन्। माछामासु, अण्डा, गेडागुडी, दूधजन्य परिकारहरूमा प्रोटिन पाइन्छ। प्रोटिनले गर्भावस्थामा बच्चाको दाँत र हड्डी बन्ने प्रक्रियामा ठूलो भूमिका खेलेको हुन्छ।

भिटामिनले रोगसँग लड्ने, छाला स्वस्थ राख्ने, हड्डीको विकास गर्ने काम गर्दछ। भिटामिनको कमीले गिजा, जिब्रो र मुखमा घाउ आउने, गिजा सुन्निने, गिजाबाट रगत आउने, हड्डी खिइने र दाँत हल्लिने जस्ता समस्या आँउछन्। खनिज पदार्थमा विशेष गरी क्याल्सियम, आइरन र फ्लोराइड पाइन्छ। मुखको स्वास्थ्यका लागि खनिज पदार्थ आवश्यक हुन्छ। क्याल्सियमका स्रोतहरु दूधजन्य परिकार, हरियो सागपात हुन्।

क्याल्सियमले दाँत र हड्डीको विकास गर्छ। आइरनयुक्त खानामा कलेजो, अण्डाको पँहेलो भाग, हरियो सागपात पर्छन्। आइरनको कमी भएमा मुखमा घाउ आउने, जिब्रो सुन्निने, रातो हुने र पोल्ने, खानेकुराको स्वाद नआउने र खाँदा वा थुक निल्दा समेत गाह्रो हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि