प्रचण्डले फेरी भने ‘केन्द्रमा फिप्टी–फिप्टी, सूर्य चिह्न हुँदैन’

prachandaकाठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा छन् तर यता उनको सरकार र पार्टी एकतामा भने गडबड हुन   थालेको छ । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा शुक्रबार र शनिबार भएका राजनीतिक घटनाक्रमले सरकार सञ्चालनसँगै पार्टी एकतामा गम्भिर असर पर्ने देखिएको छ ।

सरकारको कार्यशैलीप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका बेला सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि देखीएका  हुन् । शनिबार एक कार्यक्रममा दाहालले भने, ‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न, सरकार सञ्चालनको विधि तौरतरिका अपनाएर अघि बढ्नुपर्ने देखिन्छ ।’ दाहालले प्रधानमन्त्री वा मन्त्रीहरूको कार्यशैली ठीक नभएको बारे भने विस्तृतमा खुलाएनन् । तर, प्रधानमन्त्रीले एकलौटी ढंगले सरकार सञ्चालन गरेकोप्रति उनको असन्तुष्टि थियो ।

पार्टी एकताबारे पनि दाहालले केन्द्रमा बराबरी नै हुनुपर्ने दाबी दाहोर्याएका छन् । उनले केन्द्रमा फिप्टी–फिप्टी र जिल्लाहरुमा प्रभावका आधारमा एकता हुने बताए ।

यस्तै, दाहालले एकीकृत पार्टीको चुनाव चिन्ह सुर्य स्विकार नगर्ने स्पष्ट पारेका छन् । अध्यक्ष दाहालले एकीकृत पार्टीको सूर्य चिह्नमा सहमति हुन नसक्ने बताएका छन् । दाहालले सूर्यभित्र हँसिया हथौडा भने मान्य हुने बताएका छन् । ‘सूर्य चिह्नमा सहमति त एउटा पार्टी अर्को पार्टीमा प्रवेशजस्तो हुन्छ, विगतमा एमालेले पनि सूर्यभित्र हँसिया हथौडा राखेकै हो, झन्डाहरूमा सूर्यभित्र हँसिया हथौडा राखेर प्रयोग पनि गरेकै हुन् ।’

गृहमन्त्रीले डाके बेग्लै बैठक
प्रधानमन्त्री भारत भ्रमणमा गएका बेला यता गृहमन्त्री रामबहादुर थापाले माओवादीबाट मन्त्री बनेकाहरुको छुट्टै बैठक बसालेका छन् ।स्रोतका अनुसार बैठकमा गृहमन्त्री बादलले प्रधानमन्त्रीको कार्यशैलीप्रति आक्रोश जनाएका थिए । गृहमन्त्री बादलको आक्रोश प्रधानमन्त्रीले गरेको सचिवहरुको सरुवाप्रति लक्षित थियो ।

आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका थिए । माओवादी मन्त्रीहरुले प्रधानमन्त्री भारतबाट फर्कनासाथ अब्जेक्सन गर्न माओवादी अध्यक्ष प्रचण्डलाई गुहारेका थिए ।गृहमन्त्री बादलले प्रचण्डलाई भेटेरै प्रधानमन्त्रीको एकलौटी ब्यवहारप्रति आक्रोश जनाएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै जानकारी नै नदिई सचिवहरुको सरुवा गरेको विषयमा प्रचण्डले प्रधानमन्त्री भारतबाट फर्केपछि कुरा गर्ने स्रोतको दाबी छ । केपी ओलीको यस्तो कार्यशैलीले पार्टी एकतालाई समेत असर पार्न सक्ने माओवादी नेताको भनाइ छ ।

गृहमन्त्री बादलसँगको भेटपछि नै प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना