
चैत्र २५, काभ्रे ।काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. १ मा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रम भइरहेको थियो । कार्यक्रममा अन्तिम वक्ताको रुपमा थिए प्रमुख अतिथि समेत रहेका भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवर । नितान्त फरक शैलीमा शुरु भयो उनको भाषण । ‘लौ सरकार तपाईंको आँगनमा आईपुगेको छ, के–के छ गुनासो सुनाउनु होला ।’ अध्यक्ष कुवरले भने । अध्यक्ष कुवरले यति भन्ने वित्तिकै हात उठाए आफ्नो कुरा राख्न जनताले । खुल्ला दिशाामुक्त वडा घोषणा गर्न पुगेका गाउँपालिका अध्यक्ष कुवरले जनताको गुनासो एक एक गरि सुने । भुम्लु गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवर हक्की स्वभावको हुनुहुन्छ । आफ्नो गाउँ पालिकामा उहाँ सबैलाई चिन्नुहुन्छ । आफ्नो गाउँपालिकाको सबै वडाहरु, वडा अध्यक्ष, वडा सदस्यलगायत सबै गाउँलेहरुलाई चिन्न सफल हुने व्यक्ति भुम्लु गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवर अहिले पनि जनतामाझ रही आफ्नो कामहरुलाई अघि बढाउँदै हुनुहुन्छ । भुम्लु गाउँपालिका–१ वडाको खुल्ला दिसामुक्त कार्यक्रममा अध्यक्ष सामु रक्सी जथाभावी विक्रि वितरण भएको कारण गाउँमा महिला हिंसा बढेको गुनासो सहभागी महिलाहरुले गरे । कुवरले गुनासोको जवाफ दिंदै महिलाहरुले आँटे रक्सी बन्द हुने बताए । ‘रक्सी दिदिबहिनीहरुले आँट गरे बन्द हुन्छ ।’ उनले सुझाए– ‘आफ्नो लोग्नेले रक्सी खाएर आए घर भित्र नछिराउनुहोस् । अति नै भए प्रहरी पठाउछु, गिरफ्तार गरेर कार्वाही गराउँछु ।’ गिरफ्तार भैसके पछि आफ्नो मान्छु छुटाउन नआउन पनि उनले गुनासो कर्ताहरुलाई अनुरोध गरे ।
शिक्षकहरुकोबारेमा गुनासो आएपछि अध्यक्ष कुवरले पढाउन अल्छि गर्ने शिक्षकलाई अकौं विद्यालयमा पठाउने चेतावनी दिए । ‘पढाउनु त कता हो कता सुतेर बसेको शिक्षक पनि मैले देखेको छु ।’ उनले भने– ‘अब अल्छि शिक्षकका पनि दिन गए ।’ उहाँ अहिले प्रत्येक विद्यालयमा पुगी को शिक्षक, विद्यालयमा आएको छ, को आएको छैन ? आफै निगरानी गर्नुहुन्छ । त्यसैगरी कुवरले महिला स्वयंसेविकाको खुलेर प्रशंसा गरे । विना तलब, विना कुनै सुविधा जनताको स्वास्थ्यप्रति इमान्दार भएर लागेकोले अर्को वर्षदेखि महिनाको १ हजार भत्ता दिने उनले बताए । महिला स्वयंसेवीकाहरुलाई टेलिफिल्मको देवी बन्न पनि अनुरोध गरे । ‘टेलिफिल्मको देवी बन्नपर्छ तपाईहरु ।’ उनले भने । कुवरले गरिब र दलितको घरमा सबैभन्दा पहिला सेवा पु¥याउन अनुरोध गरे । ‘मैले सुनेको छु, दलित र गरिबको घरमा तपाईंहरु जान आनाकानी गर्ने गरेको छ रे ।’ अध्यक्ष कुवरले भने– ‘दलित र गरिबकोमा सबैभन्दा बढी जानुहोस, धनिले एम्बुलेन्स प्रयोग गर्छन, जुनसुकै अस्पतालमा लान सक्छन् । गाउँपालिकाका स्वास्थ्य, शिक्षा, बाटोलगायत विकासका पूर्वाधारहरुमा भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर गाउँमै बसेर जनताको सेवा गरिरहनु भएको छ
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक