March 31, 2018

बैतडीका १६ वडामा स्वास्थ्यचौकी नै छैनन्, बिरामी समस्यामा

बैतडीका ८४ वटा वडामध्ये १६ वटा वडा स्वास्थ्यचौकी नहुँदा समस्या भएको छ । नयाँ संरचनाअनुसार बैतडी ८४ वटा वडामा विभाजित भएपछि सबै वडामा स्वास्थ्य सेवा पुर्याउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिए । साविकका ६८ वटा गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १६ वटामा स्वास्थ्यसंस्था छैन उनले भने, “स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ ।” नयाँ संरचनाअनुसार कुनै वडामा दुई वटा स्वास्थ्यचौकीसमेत परेका छन् । आफ्नो वडामा स्वास्थ्य चौकी नहुँदा साह्रै समस्या भएको डिलासैनी गाउँपालिका– ६ का मञ्जु टेलरले बताए । उनले भने, “सिटामोलका लागि पनि दार्चुलाको गोकुलेश्वर जानुपर्ने बाध्यता छ ।” 

सरकारले स्वास्थ्यसेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि आफूहरुले सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत उपभोग गर्न नपाएको डिलासैनी– ६ का दीपक जोशीले बताए । आफ्नो वडामा स्वास्थ्य चौकी नहुँदा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न निकै कठिन भएको दशरथचन्द नगरपालिका वडा नं ७ का वडाअध्यक्ष चक्रप्रसाद शर्माले जानकारी दिए । उनले भने, “नयाँ संरचनाअनुसार आफ्नो वडा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ”, स्वास्थ्य चौकी नभएका वडामा गर्भवती, सुत्केरी र आकस्मिक बिरामीलाई निकै असहज हुने गरेको स्थानीयवासीको भनाइ छ । स्वास्थ्यचौकी नभएका वडामा तत्कालै स्वास्थ्य चौकीका भवन बन्ने छाँटकाँट देखिएको छैन । वडा तहमा स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच रोपनी जमिन आवश्यकपर्ने भए पनि १६ वडामध्ये अहिलेसम्म चार वडाले मात्रै स्वास्थ्यको नाममा जमिन दिएको छ । 

यस्तै १० वटै स्थानीय तहमा प्राथमिक अस्पताल निर्माणका लागि १५ रोपनी जमिन आवश्यकपर्ने भए पनि तीनवटाले मात्रै जमिन उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिए । शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकाले स्वास्थ्यको नाममा १५ रोपनीका हिसाबले जमिन उपलब्ध गराएको उनले बताए । जमिन भएका स्थानीय तह र वडामा आगामी वर्षदेखि भवन निर्माणको काम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि