March 27, 2018

बराबरी हैसियत बाहेक पार्टी एकता हुँदैन : दाहाल

 

 


माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल

 
 

एमाले-माअाेवादीबीच पार्टी एकीकरणकाे अन्तिम मिति पर्खाइ भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी एकता बराबरी हैसयितमा मात्र हुन सक्ने बताएका छन्। अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षण समापन गर्दै उनले संगठनमा बराबरी भगबण्डा हुनुपर्ने बताए।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दुइ पार्टीबीच ६०/४० को भागबण्डा भएको स्मरण गर्दै उनले भने, ‘बाहिर भनिएजस्तो एमालेबाट २०० र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने होइन। बराबरीबाहेक पार्टी एकता हुँदैन।’ एकीकृत पार्टीको महाधिवेशन नभएसम्म आलोपालो अध्यक्ष हुने उनले बताए। पार्टी एकताको कार्यविधि नटुंगिएको र त्यसमा समय लाग्ने भन्दै उनले वैशाख १० गते पार्टी एकता हुन नसक्ने जनाए।

‘हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा सबै कुरा मिलेपछि मात्र एकता गर्नुपर्छ’, दाहालले भने। एकीकृत पाटीृको कार्यदिशा समाजवादी रणनीतिमा आधारित हुने उनले बताए।

अध्यक्ष प्रचण्डले अब कुनै देशको नक्कल नभई नेपालको आफ्नै मौलिकतामा समाजवादी क्रान्ति हुने बताउनु भयो । ‘नेपालमा हाम्रै तरीकाले समाजवाद ल्याउनुपर्छ,’ उनले भने, ‘शान्तिपूर्ण तरीकाले राज्यमा हस्तक्षेप गरेर समाजवादको आधार निर्माण गर्ने गरी अगाडि बढ्ने समझदारीमा पुगेका छौं।’

‘आजको राजनीतिक परिवर्तन माओवादी आन्दोलन र विचारका कारण मात्रै भएको हो, अरुको सहायक भूमिका छ’ उनले भने, ‘एमालेको संसदीय संघर्षले पनि परिवर्तनको आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना