चैत्र ०९,काठमाडौं / सडक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीलाई घुस दिने गर्नुभएको छ ? गर्नुभएको छ भने अब तपाई सार्वजनिक मुद्धा लाग्न सक्छ । नियम मिच्ने कतिपयले घुस दिने र ट्राफिक प्रहरीले पनि लिने गरेको पाइएपछि सार्वजनिक मुद्धा लगाउन थालिएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी घुस दिनेलाई मुद्धा चलाउन थालिसकेको छ ।