आउने हप्ताभित्रै प्रहरी महानिरिक्षक प्रकाश अर्याल विदामा बस्ने भएकोले आईजीपी बन्ने दौड तिव्र भएको छ ।
आईजीपी बन्ने दौडमा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र मनोज न्यौपाने अगाडी छन् । यीनीहरुमध्ये कसलाई आईजीपी बनाउने भन्ने विषयमा सत्तारुढ दलहरु एमाले र माओवादीको आ–आफ्नै स्वार्थ देखिएको छ । डिआईजी कार्कीले आफ्नो पक्षमा लविङ् गर्न एमाले नेताहरुसँग हार गुहार गरिरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दबाब थेग्न नसकेर कार्कीको पक्षमा निर्णय गर्न लागेको सूचना पाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ओलीलाई भेटेर कार्कीलाई आईजीपी नबनाउन चेतावनी दिएको छन् । प्रचण्डको ईच्छा सर्वेन्द्र खनाललाई आईजीपी बनाउने रहेको स्रोतको दाबी छ ।
आईजीपी कसलाई बनाउने भन्नेबारे आजमात्रै प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको सुरुवातमै प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनालको पक्षमा बोलेको स्रोतको दाबी छ । उनले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने अडान राखेका थिए ।
अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि सोही अनुसार अघि बढ्न निर्देशन दिईसकेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई फोन गरेरै खनालको पक्षमा दृढ रहन निर्देशन दिएको विशेष सूत्रको दाबी छ ।
गृहमन्त्री थापा अध्यक्ष प्रचण्डको चाहना अनुसार नै चल्ने पक्षमा देखिएका छन् । उनले आफू निकटका नेताहरुसँगपनि यो कुराको खुलासा गरिसकेका छन् । स्रोतका अनुसार प्रहरीको कमाण्ड गर्न तयारी अवस्थामा रहन डिआईजी खनाललाई आग्रह गरिसकेका छन् ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८