March 20, 2018

प्रहरी महानिरिक्षक दौडमा कस्ले बाजी मार्ला?

काठमाडौं, चैत ६।३० वर्षे सेवा हदका कारण प्रहरी महानिरिक्षक प्रकाश अर्याल यही चैत २८ गतेबाट सेवा निवृत्त हुँदैछन् । आईजीपी अर्यालसहित १५ एआईजी पनि उनीसँगै सेवाबाट निवृत्त हुँदैछन् । २९ चैत्रबाटै मुलुकले नयाँ आईजीपी पाउँदैछ । त्यसका लागि सम्भावित डिआइजीहरुको दौड बाक्लिएको छ ।

आउने हप्ताभित्रै प्रहरी महानिरिक्षक प्रकाश अर्याल विदामा बस्ने भएकोले आईजीपी बन्ने दौड तिव्र भएको छ ।

आईजीपी बन्ने दौडमा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र मनोज न्यौपाने अगाडी छन् । यीनीहरुमध्ये कसलाई आईजीपी बनाउने भन्ने विषयमा सत्तारुढ दलहरु एमाले र माओवादीको आ–आफ्नै स्वार्थ देखिएको छ । डिआईजी कार्कीले आफ्नो पक्षमा लविङ् गर्न एमाले नेताहरुसँग हार गुहार गरिरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दबाब थेग्न नसकेर कार्कीको पक्षमा निर्णय गर्न लागेको सूचना पाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ओलीलाई भेटेर कार्कीलाई आईजीपी नबनाउन चेतावनी दिएको छन् । प्रचण्डको ईच्छा सर्वेन्द्र खनाललाई आईजीपी बनाउने रहेको स्रोतको दाबी छ ।

आईजीपी कसलाई बनाउने भन्नेबारे आजमात्रै प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको सुरुवातमै प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनालको पक्षमा बोलेको स्रोतको दाबी छ । उनले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने अडान राखेका थिए ।

अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि सोही अनुसार अघि बढ्न निर्देशन दिईसकेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई फोन गरेरै खनालको पक्षमा दृढ रहन निर्देशन दिएको विशेष सूत्रको दाबी छ ।

गृहमन्त्री थापा अध्यक्ष प्रचण्डको चाहना अनुसार नै चल्ने पक्षमा देखिएका छन् । उनले आफू निकटका नेताहरुसँगपनि यो कुराको खुलासा गरिसकेका छन् । स्रोतका अनुसार प्रहरीको कमाण्ड गर्न तयारी अवस्थामा रहन डिआईजी खनाललाई आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक