March 19, 2018

कानुन मन्त्रीद्वारा योजना र प्राथमिकता सार्वजनिक

 

 


 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी कार्ययोजना र प्राथमिकता सार्वजनिक गरेको छ। कानुनमन्त्री शेरबहादुर तामाङले पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो प्राथमिकता सार्वजनिक गरेका हुन्।

मन्त्री तामाङले संविधानसँग बाझिएका कानुन १ वर्षभित्र खारेज गरिसक्ने, कानुनअनुसारका संहिताहरु तर्जुमा गर्ने, न्यायाधीशहरुको सम्पत्ती सार्वजनिक गर्ने लगायतका कामहरु गरिने उनले बताएका छन्। उनले सोमबार आवश्यक कानुन बनाउन मस्यौदा पठाउन सबै मन्त्रालयलाई सोमबार नै ताकेता पठाइसकेको जानकारी दिए।

स्थानीय तथा प्रदेशको कानुन बनाउन महान्यायाधिवक्ता कार्यालयको पहलमा समिति गठन भएको जानकारी पनि उनले दिए।

उनले पत्रकार सम्मेलनमै आफ्नो सम्पत्ति पनि सार्वजनिक गरेका छन्। उनले प्रधानमन्त्रीदेखि वडा सदस्य र मुख्य सचिव देखि सामान्य कर्मचारीसम्मको सम्पत्ति सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

‘न्यायाधीश नियुक्तिमा दलिय भागबण्डा अनुसार हुने व्यवस्था नै रोजेका हौं। तर नियुक्ति पछि दलको छाया फैसला र आदेशमा देखिनु भएन,’ उनले न्यायाधीशको पनि सम्पत्ति सार्वजनिक गरिने बताए। 

रेशम चौधरीलाई कारागारमै सपथ खुवाउने विषयमा बोल्दै उनले भने, ‘अहिले रेशम चौधरीलाई आरोप लागेको छ। सरकारले गम्भीर भएर अनुसन्धान गर्दैछ, उहाँ निर्वाचित सांसद हो। सपथ खुवाउने वा नखुवाउने बिषय अझै टुङगो लागेको छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र