March 19, 2018

कानुन मन्त्रीद्वारा योजना र प्राथमिकता सार्वजनिक

 

 


 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी कार्ययोजना र प्राथमिकता सार्वजनिक गरेको छ। कानुनमन्त्री शेरबहादुर तामाङले पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो प्राथमिकता सार्वजनिक गरेका हुन्।

मन्त्री तामाङले संविधानसँग बाझिएका कानुन १ वर्षभित्र खारेज गरिसक्ने, कानुनअनुसारका संहिताहरु तर्जुमा गर्ने, न्यायाधीशहरुको सम्पत्ती सार्वजनिक गर्ने लगायतका कामहरु गरिने उनले बताएका छन्। उनले सोमबार आवश्यक कानुन बनाउन मस्यौदा पठाउन सबै मन्त्रालयलाई सोमबार नै ताकेता पठाइसकेको जानकारी दिए।

स्थानीय तथा प्रदेशको कानुन बनाउन महान्यायाधिवक्ता कार्यालयको पहलमा समिति गठन भएको जानकारी पनि उनले दिए।

उनले पत्रकार सम्मेलनमै आफ्नो सम्पत्ति पनि सार्वजनिक गरेका छन्। उनले प्रधानमन्त्रीदेखि वडा सदस्य र मुख्य सचिव देखि सामान्य कर्मचारीसम्मको सम्पत्ति सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

‘न्यायाधीश नियुक्तिमा दलिय भागबण्डा अनुसार हुने व्यवस्था नै रोजेका हौं। तर नियुक्ति पछि दलको छाया फैसला र आदेशमा देखिनु भएन,’ उनले न्यायाधीशको पनि सम्पत्ति सार्वजनिक गरिने बताए। 

रेशम चौधरीलाई कारागारमै सपथ खुवाउने विषयमा बोल्दै उनले भने, ‘अहिले रेशम चौधरीलाई आरोप लागेको छ। सरकारले गम्भीर भएर अनुसन्धान गर्दैछ, उहाँ निर्वाचित सांसद हो। सपथ खुवाउने वा नखुवाउने बिषय अझै टुङगो लागेको छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी