March 17, 2018

‘सन् २०२० भिजिट नेपाल इयर’: वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य

 
 काठमाडौं, चैत ३ ।सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्यका साथ ‘भिजिट नेपाल इयर’ अभियान शुरु गर्ने भएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १० लाख पर्यटक भित्र्याउन सफल भएको सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष ‘भिजिट नेपाल इयर’ का रुपमा मनाएर पर्यटक बढाउले अभियान शुरु गर्न लागेको हो ।

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले आफ्नो पहिलो निर्णय नै सन् २०२०सम्म वाषिर्क १५ लाख पर्यटक भित्र्याउने निर्णय गरेका छन् ।

सन् २०१७ मा १० लाख पर्यटक आएका छन् । जुन नेपालका लागि पर्याप्त छैनन् ।

यसअघि सो अवधिसम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । तर, अधिकारीले मन्त्री भएर आउनासाथै सो लक्ष्यलाई ५ लाखले घटाएका छन् । यसले पनि पर्यटक आवागमन बढाउन अहिले सरकारी तवरबाट भइरहेको प्रयास कमजोर छ भन्ने प्रष्ट छ ।

सरकारले आफ्नो निर्वाचन घोषणापत्रमै ५० लाख पर्यटक पुर्याउने उल्लेख गरेको छ । गठबन्धनकै सरकार भएकाले आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक पुर्याउन यस्ता अभियानले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहको चुनाव हुनुअघि नेकपा एमालले बैशाख १८ मा सार्वजनिक गरेको घोषणापत्रमा १० वर्षमा ५० लाख पर्यटक भित्राउने भनेर उल्लेख गरिएको छ । घोषणापत्रको २९ नम्बर बुँदा कार्यान्वयन गर्ने जिम्मेवारी अब पर्यटनमन्त्री अधिकारीको थाप्लोमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग