March 13, 2018

यसरी भयो दुर्घटना : महानिर्देशक, क्यान

crash_5_gbNEnEEXSQ

फागुन २९, 

युएस बंगाल विमानको डास ८ बम्बार्डियर सोमबार दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको हो । विमान अवतरण क्रममा एउटा घाँसेमैदान टेकेको देखिन्छ ।विमान असन्तुलन भएर धावनमार्गको पुर्वतर्फ दुर्घटनामा परेको हो । विमानस्थलको टावर कन्ट्रोल रुप र विमान चालकबीच नियमित सम्पर्क भईरहेको थियो । 

कन्ट्रोल रुमले विमानलाई दक्षिणतर्फको रन वे जिरो टु मा अवतरण गर्न अनुमति दिएको थियो । तर, जहाज, दक्षिणबाट अवतरण नगरी उत्तरतर्फ मोडियो । उत्तरतर्फ जहाज मोडिएपछि कन्ट्रोल रुमले फेरि पाईलटसँग जहाजमा केही समस्या छ कि भनेर सोध्यो । पाईलटले आइएम गुड, नो प्रोब्लम भनिरहेको थिए । तर, विमानस्थलले जहाजमा केही समस्या देखिएको हुन सक्ने ठहर गरी सबै जहाज होल्ड गराएर रन वे खाली गराईसकेको थियो ।

विमानस्थलको टावर कन्ट्रोल रुम र पाइलटबीच नियमित संवाद हुँदाहुँदै विमान दुर्घटनामा परेको बताइएको छ । विमानस्थलको कन्ट्रोल रुमबाट बाहिरिएको गोप्य संवादमा पाइलटको विमानस्थलसँग नियमित सम्पर्क भइरहेको देखिन्छ । तर, चालकले कन्ट्रोल रुमको निर्देशन पालना नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

टावर कन्ट्रोल रुमसँग सम्पर्क हुँदा पाइलटले विमानमा कुनै पनि समस्या नरहेको बताएका थिए । विमानलाई दक्षिणतर्फको एप्रोचबाट ल्यान्डिङका लागि अनुमति दिएको थियो । तर, चालकले विमानलाई दक्षिणबाट नभई उत्तरतर्फबाट अवतरण गराउन प्रयास गरेका थिए ।

‘दक्षिणबाट अवतरण गर्नुपर्ने विमान उत्तरतर्फ लागेपछि कन्ट्रोल रुमले विमानमा समस्या देखिएको हो कि भनेर सोधेको थियो’, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक गौतमले भने, ‘चालकले जहाज सामान्य अवस्थामै रहेको जवाफ दिए ।’ कन्ट्रोल रुमले पनि जहाज अवतरण गराउन उत्तर-दक्षिण दुवै एप्रोचबाट सुविधा दियो । तर, विमान धावनमार्गभन्दा बाहिर पूर्वतिरको भागमा दुर्घटना हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक