March 10, 2018

भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नुहोस्: गृहमन्त्री थापा

 

काठमाडौं फागुन २६


रामबहादुर थापा बादल

 
 

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको आजको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले भने,’लागुऔषध तस्करीको मुख्य नाइके देश विदेश जहाँ भए पनि पक्राउ पर्ने गरी काम गर्नुहोस् । राजनीतिक संरक्षण भए पनि तिनलाई नछाड्नुहोस्।’ उनले नेपालमा लागुऔषधको धन्दा गर्नेको सञ्जाल पत्ता लगाएर त्यसलाई तोड्ने गरी कार्ययोजना बनाएर ल्याउन मन्त्रालय र प्रहरीका अधिकारीलाई निर्देशन दिए।

लागुऔषधका कारण पारिवारिक सम्बन्ध बिग्रिरहेको तथा समाजलाई समेत दूषित बनाइरहेको उनको भनाइ छ। कार्यक्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपालमा करिब दुई लाख कडा लागुऔषधका प्रयोगकर्ता रहेको तथा बर्षेनी ११ प्रतिशतका दरले त्यसमा वृद्धि भइरहेको तथ्यांक प्रस्तुत गरे।रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र