फाल्गुन २५, काठमाडौं । मेयरमा निर्वाचित भएको १० महिनापछि गत सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य हातमा गैँटी बोकेर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन पुगे ।सोमबार वडा नम्बर ३ स्थित होटल काठमाडौंले साढे ६ आना सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एकतले भवन भत्काउन उनले सघाए ।मेयर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिन वडाध्यक्षलाई बोलाएरै निर्देशन दिएका थिए ।
यसपछि सुरु अभियानको प्रारम्भमै महानगरले करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा फिर्ता पाएको छ।’सार्वजनिक जग्गा जनताको हितमा‘ नामक अभियान अन्तर्ग्गत यो कार्य सुरुु गरिएको हो ।
सो कार्यक्रममा मेयर शाक्यले भने, २०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ सिकाएको छ ।सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपतविपतमा आश्रय लिन पनि खुला स्थानको संरक्षण गर्न जरुरी छ । र अब शहरको सबै मिचेर हराएका वा अलपत्र परेका सार्बजनिक जग्गाहरुको खोजी गरि उचित संरक्षण गर्ने बताए ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र