March 6, 2018

राष्ट्रपतिमा भण्डारीसँगै खनालको बलियो दाबेदारी, को–कति बलियो?

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले निकटस्थ नेताहरूलाई यसपटक ‘ब्याक’ नहुने भन्दै स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आश्वस्त पारिरहेका छन् । खनाल अघिल्लोपटक पनि राष्ट्रपतिको आकांक्षी थिए । केही समययता अध्यक्ष ओलीसँगको सम्बन्धमा चिसोपन बढेपछि उपाध्यक्ष वामदेव गौतम पनि खनाललाई राष्ट्रपति बनाउन लागेका छन् । उनले पार्टी बैठकमा खुलेरै खनाललाई समर्थन गर्ने बताइसकेका छन् ।

उता, प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबाट पुनः अवसर दिने ‘ग्रिन सिंग्नल’ पाइसकेकी राष्ट्रपति भण्डारी पनि सक्रिय बनेकी छिन् । उनले टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘लबिङ’ तीव्र पारेकी छिन् । खुला लबिङ गर्दा पदीय मर्यादामा आँच पुग्ने कुराप्रति सचेत देखिएकी भण्डारीले भित्र–भित्रै टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘क्याम्पेनिङ’ चलाएकी हुन् । उनी ओली र नेता माधवकुमार नेपालको सहयोगमा पुनः दोहोरिनेमा आश्वस्त छिन् ।

एमालेले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकको एजेन्डाबारे भने नेताहरूलाई जानकारी दिइएको छैन । ‘बैठक बोलाइएको जानकारी आएको छ, तर एजेन्डा बताइएको छैन,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘भोलि राष्ट्रपतिको उम्मेदवार मनोनयन भएकाले सम्भवतः त्यही एजेन्डामा छलफल हुन सक्छ ।’

खनालले उम्मेदवार बन्ने आकांक्षा राखेपछि प्रधानमन्त्री ओलीले आज बस्ने स्थायी समिति बैठकअघि शीर्ष नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् । राष्ट्रपतिमा भण्डारीलाई नै दोहो¥याउने पक्षमा रहेका ओली बैठकअगावै सर्वसम्मत चयनको वातावरण बनाउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा देखिएका हुन् । ‘स्थायी समितिको बैठकअघि प्रधानमन्त्रीज्यूले मुख्य नेताहरूसँग छलफल गर्नुहुनेछ,’ अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले भने, ‘राष्ट्रपतिको उम्मेदवार सर्वसम्मत चयनका लागि नेताहरूले अन्तिमसम्म प्रयास गर्नुहुनेछ ।’

को–कति बलियो? यस्तो छ स्थायी समितिमा समीकरण

२६ जनाको स्थायी समितिमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, पदेन सल्लाहकार समिति अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी आमन्त्रित स्थायी समिति सदस्यको हैसियतमा मात्र छन् । वतर्मान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको समर्थन रहेकाले मतदानकै अवस्था सिर्जना भए उनको पक्षमा १० नेता उभिने स्थिति देखिन्छ ।

उता, खनालको पक्षमा पनि उपाध्यक्ष गौतमसहित १० सदस्य छन् । अर्का वरिष्ठ नेता नेपालनिकट अधिकांश नेता खनाललाई समर्थन गर्न तयार देखिएका हुन् । ‘एमालेभित्र राष्ट्रपति बन्न योग्य अन्य थुप्रै साथीहरू पनि हुनुहुन्छ, तर प्रधानमन्त्रीले पनि सम्मान गर्नसक्ने, दुईपटक पार्टी प्रमुख र एकपटक कार्यबाहक महासचिव भइसकेका खनाललाई योगदानका आधारमा सर्वसम्मत बनाइदिँदा धेरै उपयुक्त हुन्छ,’ खनालको पक्षमा खटिरहेका एक पदाधिकारीले भने ।

 
 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना