March 5, 2018

सांसद चौधरीसहित २४ जना जेलबन्दी अनशनमा

धनगढी, फागुन २१ ।  टीकापुर घटनाका मुख्य आरोपी सांसद रेशम चौधरीसहित २४ जना आइतबारदेखि अनशन बसेका छन् । पुर्पक्षका लागि कैलाली कारागारमा राखिएका उनीहरु त्यहीँ अनशन बसेका हुन्, कान्तिपुरमा खबर छ  ।

‘बन्दीहरूले आइतबार साँझ अनशन सुरु गरेका छन्,’ डीएसपी सागर बोहराले भने, ‘उनीहरू सबै जना टीकापुर काण्डका आरोपी हुन् ।’ उनीहरूले सांसद चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, संसद्मा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी मानिएका २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने माग राखेको डीएसपी बोहराले जानकारी दिए ।

घटना लगत्तैदेखि फरार भनिएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । गत प्रतिनिधिसभा चुनावमा उनी कैलाली क्षेत्र १ बाट प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र