कर्मचारी अभावले सेवाप्रवाहमा कठिनाइ भयोः मुख्यमन्त्री डोरमणि पौडेल

नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानुन निर्माणमा कठिनाइ भइरहेको बताएका छन् ।
 
जिल्ला समन्वय समिति नुवाकोटले आज विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे । 
 
“स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न कर्मचारीकै कारण मुख्य समस्या भएको छ ।” मुख्यमन्त्री पौडेलले भने, “कर्मचारी चाहियो भनेर मौखिक र लिखित जानकारी गराउँदा केन्द्रले किन बेवास्था गरेको बुझ्न सकिएको छैन ।” 

केन्द्रका कर्मचारीले अधिकार दिन नचाहेको र राजनीतिक नेतृत्वले पनि अधिकार बढी भयो भनिरहेको आवाज एकैसाथ आएकाले आफूहरुलाई असफल बनाउन भएका प्रयास बिफल बनाउन प्रदेश र स्थानीयतहबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाइ छ । 

उनले काम गर्ने समयमा योजना र आवश्यकताको आधारमा बजेट तर्जुमा गर्न यहाँको जनप्रतिनिधिलाई आग्रह गरे । 
 
अन्तक्र्रियामा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले पाएको अधिकार कार्यान्वयन गरी असल चरित्रको भूमिका निर्वाह गर्न जनप्रतिनिधिलाई आग्रह गरे । 

मुख्यमन्त्री र मन्त्रीलाई यहाँका प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, आसामाया लामा, जिसस प्रमुख शन्तमान तामाङसहित जिल्लाका स्थानीयतहका प्रमुखले यहाँ सञ्चालनमा रहेका योजना तथा कार्यक्रम एवं भावी रणनीतिको बारे जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना