March 2, 2018

सरकारी कार्यलयको बेतिथि – पोशाक लाउँदैनन् कर्मचारी

आफुलाई अनुकुल पर्ने खालको पोशक लगाएर मात्रै कर्मचारी कार्यालयमा आउने गरेका छन । सरकारले दिएको रकमवाट सेतो सर्ट, निलो पेन्ट र कालो जुत्ता लगाउनुपर्ने हुन्छ । तर् कर्मचारीहरु भने सो नियमको खिल्ली उडाउँदै आफुखुसी पोशाकमा कार्यलय आउने गरेका छन । समयमा काम समेत नहुने गरेको सेवाग्राहीको दुखेसो समेत रहेको छ । १० बजे नै कर्मचारी आउनु पर्ने भएपनि सो समयमा उनीहरु कहिल्यै कार्यालयमा आउँदैनन । 


कर्मचारीहरु आफुलाई सहज हुने समयमा मात्रै कार्यलय आउने गरेका छन । बिहिबार १०ः३० बजे मालपोत कार्यालय बेलबारीमा पुग्दा कार्यालयका अधिकाश कर्मचारीहरु त्यहाँ थिएनन । कार्यालय प्रमुखसमेत आईपुगेका थिएनन् भने केहि कर्मचारी कार्यालय पोशाकमा थिएनन । कार्यालय प्रमुख योगेन्द्र प्रसाद दुलाल सँग टेलिफोनमा सम्पर्क गर्दा आफनो घरमा पुराण लागिरहेको र २ बजे पछि मात्रै कार्यालयमा आउने बताए । 
उनले २ बजे पछि मात्रै आफुलाई भेटन आग्रह गरे । नजिकै रहेको नापी कार्यालयमा पुग्दा केही कर्मचारीहरु वाहेकका कर्मचारीहरु भने पोशाकमै थिए । कार्यालयमा प्रबेश गर्दा नै निमित्त कार्यालय पमुख नेत्र वहादुर कार्की भने हस्याङफस्याङ गर्दै काम गरी रहेका थिए । केहि कर्मचारी भने कार्यलयमा आएकै थिएनन । सवै कर्मचारी किन समयमै नआएका भनेर निभित्त कार्याल प्रमुख कार्कीलाई सोध्दा उनले भने केहि कर्मचारीहरु फिल्डमा गएको जवाफ दिए । 


देश संघियतामा गईसकेको अबस्थामा स्थानिय, प्रादेशिक तथा केन्द्रिय सरकार कस्ले हेर्ने भन्ने टुंगो नलाग्दा समेत समस्या हुने गरेको छ । नापी,मालपोत लगायतका कार्यालयहरु केन्द्रिय सरकारले हेर्छ । केन्द्रिय सरकारले हेर्ने कार्यालयहरु तथा कर्मचारीहरुलाई स्थानिय सरकारले चासो नदिँदा समेत राज्यको कोषको दुरुपयोग हुने गरेको छ । यता बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले भने कर्मचारीहरुले पोशाक नलगाउने गरेको स्विकार गरेकी छिन । उनले पोशाक नलगाउने कर्मचारीहरुलाई कारबाही गर्ने समेत बताएकी छिन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र