बुद्ध नेपालमा जन्मिएकाे सन्देश दिन टुँडिखेलमा ७५ हजारकाे भेला

buddha-meditation-lotus-flower-burning-candles-43228400

 काठमाडौँ, फागुन १६ । आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् ।
विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने परिषद्का वरिष्ठ उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वसामु चिनाउनका लागि एकै पटक यति धेरै मानिसको सहभागिता गराएर वाचन गर्न लागिएको हो । बिहान ११ बजेबाट २ बजेम्म सर्वसाधारण टुँडिखेलमा पसिसकेपछि मात्र वाचन गरिने छ । करिब १० मिनेट सबैले वाचन गरी गिनिज बुकका कीर्तिमान कायम गर्न र अरुले बुद्ध नेपालमा नजन्मेको भन्दै फैलाइरहेको भ्रमलाई हटाउन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘भगवान् बुद्धको जन्मस्थल र बुद्धिजमको उद्गमस्थल नेपालको लुम्बिनी हो’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा बुद्धको जन्मथलो नेपाल हो भन्नेसहित बुद्धको उपदेश, प्रवचन, धम्मपदको सारगर्भित अंशसमेत वाचन गरिने छ ।

पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष संर्घष विष्टले कार्यक्रममा अहिलेसम्म ७५ हजार पास वितरण गरिसकेको जानकारी गराए । पास देखाइसकेपछि मात्र कार्यक्रममा प्रवेशको व्यवस्था मिलाइएको छ ।

सो दिन पनि करिब १५ हजार पास टुँडिखेलको मूलगेटमा वितरण गर्ने योजना रहेको छ । चारवटा गेट र ४० वटा सहायक गेटबाट प्रवेशको व्यवस्था मिलाइएको छ । कार्यक्रममा तीन हजार स्वयंसेवक र एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने छ भने राष्ट्रिय कलाकारले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र