फल्गुण १३, जनकपुर । केेन्द्रीय सरकारको मन्त्रालय अन्तर्गतको कर्मचारीबाट २ नम्बर प्रदेश सरकारको काममा अवरोध भएको लगएतका गुनासाका पोको परि मुख्य मन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीलाई अप्रत्यक्ष धम्कीको आभाष हुने चिट्ठि लेखेका छन ।
राउतको पत्रमा भनिएको छ, ‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलता छ, यसबारे म र मेरा मन्त्रिमण्डलका साथीहरु वा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरुबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ ।’
अघि भनिएको छ ‘त्यतिमात्र नभएर समयसमयमा अनावश्यक रुपमा प्रान्तीय सरकारको काममा अवरोध हुने गरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेका छन् ।’
सुरक्षाबारे प्रदेश सरकारले पनि निर्णय गर्न पाउनु पर्ने प्रदेश सरकारको माग भएको एक अधिकारीले बताए । प्रदेश सरकार स्रोतले भन्यो, ‘अब यो त सरकार हो । सबै कुरा केन्द्रले निर्देशन हुने हो भने यहाँको क्याविनेटले के गर्ने ?’
प्रदेश सरकार बनेपनि कर्मचारी तथा स्रोत साधनको अभाव रहेको र केन्द्रले खटाएका कर्मचारी अझै प्रदेशका काममा नआएको प्रदेश २ को सरकारले बताएको छ । स्रोतका अनुसार कर्मचारी नआउने हो भने प्रदेश आफैंले भर्ना गर्न मापदण्ड तोक्न केन्द्र सरकारलाई आग्रह गरिएको हो । संविधानमा प्रदेश लोकसेवा आयोगको परिकल्पना गरिएको छ ।

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका