February 21, 2018

के तपाईलाई गाजरको हलुवा मनपर्छ ? त्यसाे हो भने अब घरमै पनि यसरी बनाउन सकिन्छ

सामग्री (प्रतिव्यक्ति)
गाजर मसिनो गरेर कोरेको ४०० ग्राम, दूध १ कप, घ्यु ४ चिया चम्चा, चिनी ४ चिया चम्चा, अलैँची÷सुकुमेल ३–४ पिस, काजु/किसमिस ५–६ पिस ।

बनाउने विधि
सबैभन्दा पहिले ग्यासचुल्होमा तावा बसाल्नुहोस् । तावा तातेपछि घ्यु राख्नुहोस् र राम्रोसँग खराउनुहोस् । खराएको घ्युमा अलैँची या सुकुमेल राख्नुहोस् । अलैँची/सुकुमेल राखेको ४–५ सेकेन्डभित्र कोरेको गाजर राखिदिनुहोस् र राम्रोसँग चलाउनुहोस् ।

केही समय चलाएपछि चिनी राख्नुहोस् र फेरि चलाउनुहोस् । चलाउँदै गर्दा दूध राख्नुहोस् । दूध राखेर चलाउँदै गर्दा १०–१५ मिनेटमा सुक्न थाल्छ । दूध सुकेसँगै गाजर पनि सुक्खा हुन थाल्छ । यसपछि काजु/किसमिस राखेर राम्रोसँग चलाउनुहोस्, ताकि हलुवामा सबैतिर लाग्न पाओस् । अब गाजरको हलुवा तयार भयो ।

नोट : गाजरको हलुवा आफ्नो इच्छाअनुसार तात्तातो या केहीबेरपछि हल्का चिसो बनाएर पनि खान सकिन्छ । स्वाद र स्वास्थ्य दुवै पाटोबाट यो सामान्य तर उत्कृष्ट परिकारमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि