काठमाडौं फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन्।उनी प्रधानमन्त्री केपी शर्मा अाेलीकाे गृह जिल्ला झापा गौरादह–३ का बासिन्दा हुन्।
प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम श्री खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघिकाे अाेली सरकारमा खरेल कानुनमन्त्री भएका थिए। महान्याधिवक्ताकाे भूमिका सरकारकाे कानुनी सल्लाहकारकाे रूपमा रहेन गर्छ।