February 17, 2018

राजधानीलार्इ धुलो मैलो र फोहरबाट मुक्त गर्नु आफ्नो पहिलो काम , राजधानी बासिले मास्क लाउनु पर्दैन: मन्त्री लालुबाबु पाण्डीत

‘सामान्य प्रशासन मन्त्री हुँदा डीभी पिआरधारी कर्मचारीको सफार्इ गरे जस्तै अब जनसंख्या तथा वातावरण मन्त्रालयमा रहेर वातावरण सरसफार्इको काम गर्छु । अब राजधानीबासीले माक्स लगाएर हिँड्नु पर्दैन । मन्त्री पण्डितले मन्त्रालयमा आफु भर्खरै आएकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय दिने बताए ।

‘म भर्खरै आएको छु,केहिदिन नीति तथा कार्यक्रम बुझ्न समय लाग्छ, विज्ञहरुसँग छलफल गरेर कसरी अगाडि बढ्ने हो कार्यक्रम बनाउँछु ।’ उनले भने ।
उनले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै वातावरणलाई सन्तुलित र स्वच्छ बनाउनको लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधीसभा निर्वाचनमा जिते लगत्तै गृहमन्त्री पाए मुलुकको अपराध जिरोमा झार्ने बताएका पण्डितले गृह मन्त्री नभएपनि आफुलार्इ कुनै विस्मात नलागेको बताए ।

सञ्चारकर्मीहरूले तपाई त गृहमन्त्रालयको जिम्मेवारी दिए मुलुकमा अपराध जिरोमा झार्छु भन्नुहुन्थ्यो,अर्के मन्त्रालय पाउँदा कत्तिको सन्तुष्ट हुनुहुन्छ रु भनेर प्रश्न गर्दा उनले प्रधानमन्त्रीय प्रणाली भएकोले आफ्नो कुनैपनि बेला जिम्मेवारी हेरफेर हुन सक्ने बताउँदै अहिले पाएको जिम्मेवारीबाट आफु पुर्ण सन्तुष्ट रहेको बताए । ‘सरकारले जुनसुकै ठाउँमा दिएको जिम्मेवारी निर्वाह गर्न सक्छु ममा कुनै असन्तुष्टि छैन । मैले जुनसुकै ठाउँमा रहेर पनि जनताको हितमा काम गर्ने हो, जनताको काम गर्न प्रतिबद्ध छु ।’ उनले भने ।

मन्त्री पण्डितले एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास दिलाउँदै भने–‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा सहभागी हुन्छ।’ उनले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने दावि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको प्रमुख नीति तथा कार्यक्रमहरु विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने पण्डितको दावि छ । ‘हाम्रो चाहना भनेको सम्पूर्ण नेपालीहरु सुखी र खुशी हुनुपर्छ, त्यसैको लागि काम गर्छौं।’

पण्डितले अघिल्लो सरकारले गरेका कतिपय निर्णयहरु गलत भए वा प्रक्रियागत रुपमा ठिक नभए ती निर्णयहरुलाई खारेज गर्न सक्ने बताए । उनले भने,‘अघिल्लो सरकारले गरेका निर्णयहरु हामी हेर्छौं, गहन अध्ययन गर्छौं, यदि प्रक्रियागत छैनन् भने हामी ती निर्णयहरु होल्ड गर्छौं, प्रक्रियागत भएका निर्णयहरु कार्यान्वयन गर्छौं, नियमसंगत नभएका निर्णयहरु खारेजीको तहसम्म पनि पुग्न सक्छौं।’

मन्त्री पण्डितले भविष्यमा संविधान संशोधन हुने भएपनि अहिले नै संशोधन नगरिने स्पष्ट पार्दै भने,‘सुरुवातमै संविधान संशोधन हुँदैन्, भविष्यमा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी