February 15, 2018

सार्बजनिक नभएको : एमाले-माओवादी एकीकरणका निर्णायक ७ बुँदा

काठमाडौं फागुन ३


ललितपुर मानभवनस्थित बैठकस्थल

ललितपुर मानभवनस्थित बैठकस्थल
 

 

पार्टी एकीकरणका लागि श्रृंखलाबद्ध बैठक गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिको मस्यौदा तयार भएको छ। बुधबार दिउँसो पार्टी एकीकरणको लागि यिनै बुँदामा अाधारित भएर नेताहरूले ९५ प्रतिशत काम सिध्याएका छन्। 

पिपल नेपाललाई प्राप्त ती सात बुँदामा एकीकृत पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर हैसियत हुने उल्लेख छ। यसमा केही तलमाथि गरेर बिहीबार दुवै दलले पार्टी एकीकरणकाे निर्णय गर्ने तयारी गरेकाे स्राेतले बतायाे।

 सार्वजनिक नभएका पार्टी एकीकरणका ७ बुँदे मस्याैदा यी हुन् :

१. एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुने छन् भने ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष रहने छन्।

२. अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम ९ साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड० प्रधानमन्त्री हुने छन्।

३. एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने

४. एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने

५. एकता महाधिवेशनसम्म पार्टीको कार्य्दिशाका विषयमा समाजवाद उन्मुख कार्य्दिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने।

६. दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने। एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने।

७. राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन