February 4, 2018

माओवादी र काङ्ग्रेस ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा राख्न सहमत ?

२१ माघ,हेटौंडा – प्रदेश सभाको पहिलो अधिवेशन १८ माघमा तोकिएकाले सबै दलका सांसद हेटौँडा आएका थिए । कांग्रेस–एमालेका केही सांसद अघिल्लो दिन आएर होटल, नेता तथा कार्यकर्ताको घरमा बसेका थिए । तर, पहिलो अधिवेशन सकिएकै दिन अधिकांश सांसद राजधानी फर्किए । पुनः अर्को बैठक बस्ने भएपछि सांसदहरूले हेटौँडामा डेरा खोज्नुपर्ने हो ।

तर, प्रदेश ३ का अधिकांश सांसद डेरा नखोजी काठमाडौं फर्किसकेका छन् । प्रदेश ३ का अधिकांश सांसदलाई हेटौँडा स्थायी राजधानी कायम हुनेमा ढुक्क छैनन् । पहिलो अधिवेशनले २७ माघमा सभामुख चयन गर्ने घोषणा गरेको छ । तरपनी माओवादी र काङ्ग्रेसको नेताले दिएको अभिव्यक्तिबाट ३ नम्बर प्रदेशको राजधानी हेटौंडा भन्दा बाहिर जान्छ भन्नेमा शंका उत्पन्न भएको छ।

के भन्छन् सांसद ?
हेटौँडा राजधानी उपयुक्त छैन
अष्टलक्ष्मी शाक्य, सांसद, एमाले

हेटौँडा प्रदेश ३ को राजधानी बन्न भौगोलिक बनावटले धोका दिएको छ । १३ मध्ये बढीमा ६ जिल्लालाई मात्र मकवानपुर पायक पर्ने देखिन्छ । यसैले पनि हेटौँडा प्रदेश राजधानीका लागि उपयुक्त छैन । रसुवा, नुवाकोट, दोलखा, रामेछापजस्ता विकट जिल्लाका लागि हेटौँडा शतप्रतिशत अनुपयुक्त छ र केन्द्रमा छैन ।

राजधानी सार्ने प्रस्तावमा जनमतसंग्रह हुन्छ
इन्द्रबहादुर बानियाँ, सांसद, कांग्रेस

हरेक दृष्टिकोणले उपयुक्त ठहर भएपछि सरकारले हेटौँडालाई राजधानी तोकेको हो । सांसदले भनेर मात्र राजधानी सार्न मिल्दैन, परिआएमा जनमतसंग्रह गर्नुपर्छ । जनताको मन जितिसकेको हेटाैँडाबाट राजधानी सार्न त्यति सजिलो छैन । संसद्भित्र जस्ता सवाल उठे पनि आमजनताले हेटौँडालाई राजधानी स्वीकार गरिसकेका छन् । सुरक्षा, भौतिक संरचना र दर्जनौँ सडक सञ्जालले हेटाैँडा उपयुक्त स्थान बनिसकेको छ । यो अवस्थामा संसद्मा राजधानी सार्ने प्रस्ताव ल्याउनु नै गलत हुन्छ ।

विकेन्द्रीकरणका लागि हेटौँडाको विकल्प छैन
मनु सिग्देल, सांसद, एमाले

हामी संविधान कार्यान्वयनसँगै संघीयताको अभ्यासमा छौँ । यसकारण पनि हेटौँडा राजधानीको विकल्प छैन । संघीयता भनेको विकेन्द्रीकरण हो । सरकारले हेटौँडालाई हरेक क्षेत्रबाट उपयुक्त ठानेर राजधानी तोकेको छ । केन्द्रीय राजधानी वरपर राजधानी राख्नु बिल्कुल गलत हुनेछ । संघीयता कार्यान्वयका लागि पनि हेटौँडालाई स्थायी राजधानी बनाएर यहाँका स्रोतसाधनलाई भरपुर प्रयोग गरेर प्रदेशलाई विकसित र समृद्ध बनाउनुपर्छ । अस्थायी राजधानी तोकेपछि सम्पूर्ण भौतिक पूर्वाधारसँगै संसद् सञ्चालनका लागि समेत सबै तयारी पूरा भइसकेको अवस्थामा फेरि राजधानी सार्नु मूर्खता हो ।

राजधानीको विषय ओझेलमा परेको छ
शालिकराम जमरकटेल, सांसद, माओवादी

राजधानी स्थायी गर्ने वा सार्ने विषयमा संसद्भित्र र बाहिर कतै पनि छलफल चलेको छैन । छलफलको विषय नबने पनि हेटौँडा प्रदेश ३ को राजधानीका लागि उपयुक्त छ । भौतिक संरचना र सडक सञ्जाललाई मात्र मुख्य मान्ने हो भने हेटौँडाको विकल्प छैन । केही जिल्लाका लागि अपायक पर्ने भए पनि सडक सञ्जालले जनतालाई थप सहज बनाउने छ । राजधानी सार्ने विषयभन्दा संघीयता कार्यान्वयनसँगै सरकार गठन मुख्य एजेन्डा बनेको छ । १३ मध्ये सात जिल्लाबाट पायक पर्ने हेटाौँडा पुरानै क्षेत्रीय मुकाम भएकाले पनि स्थायी राजधानी तोकिनुपर्छ ।

राजधानीको विषयमा बखेडा बनाउनु अर्थहीन
कुमारी मोक्तान, सांसद, माओवादी

हेटौँडाबाट राजधानी सार्ने सवाल नै उठ्दैन । भौगोलिक बनावटकै निहुँ बनाएर राजधानीको विषयमा बखेडा बनाउनु अर्थहीन कुरा हो । हरेक क्षेत्रले सम्पन्न हेटौँडालाई स्थायी राजधानी बनाउनुको विकल्प छैन । सडक सञ्जालले हेटौँडालाई देशकै केन्द्रबिन्दु बनाइसकेको अवस्थामा राजधानी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट