February 3, 2018

यी चार युवक जसले दरबारमार्गमा सामूहिक बलात्कार गरे

 

काठमाडौं माघ २०।

सांकेतिक इमेज

 
 दरबारमार्गको होटल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कारको घटनामा संलग्न चारैजनाको पहिचान भएको छ। प्रहरीले सार्वजनिक नगरेका चारै व्यक्तिकाे नाम पिपुल नेपाललाई प्राप्त भएको हो। युवतीले दिएकाे किटानी जाहेरीमा उनीहरूकाे नाम उल्लेख छ। जाहेरीमा पिडित युवतीका प्रेमी शैलेश कार्कीसहित विकास गौतम, दीपक गौतम तथा रवि पौडेलले जर्बजस्ती करणी गरेको उल्लेख छ। विकास गौतम क श्रेणीको ठेकेदार पुत्र रहेको स्रोतले बतायो।

घटनाका आरोपीलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर दरबार मार्ग प्रहरीलाई बुझाएको थियो। दरबारमार्गका डिएसपी तिलक भारती र मुद्दा शाखाका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीले करकाप र दवाब दिएर घटना सामसुम पार्ने प्रयास गरेका थिए।
घटना सार्वजनिक भएपछि बनेको छानबिन समितीले सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ। यस्तै प्रहरी निरीक्षक ठकुरीलाई निलम्बनको सिफारिस गरिएको छ। डिएसपी भारतीका हकमा भने अनुसन्धान जारी राखिएको छ। शुक्रबार प्रहरीमा दर्ता भएको जाहेरीमा घटना विवरणसहित आरोपीविरुद्ध कडाभन्दा कडा कारवाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्