February 3, 2018

यी चार युवक जसले दरबारमार्गमा सामूहिक बलात्कार गरे

 

काठमाडौं माघ २०।

सांकेतिक इमेज

 
 दरबारमार्गको होटल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कारको घटनामा संलग्न चारैजनाको पहिचान भएको छ। प्रहरीले सार्वजनिक नगरेका चारै व्यक्तिकाे नाम पिपुल नेपाललाई प्राप्त भएको हो। युवतीले दिएकाे किटानी जाहेरीमा उनीहरूकाे नाम उल्लेख छ। जाहेरीमा पिडित युवतीका प्रेमी शैलेश कार्कीसहित विकास गौतम, दीपक गौतम तथा रवि पौडेलले जर्बजस्ती करणी गरेको उल्लेख छ। विकास गौतम क श्रेणीको ठेकेदार पुत्र रहेको स्रोतले बतायो।

घटनाका आरोपीलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर दरबार मार्ग प्रहरीलाई बुझाएको थियो। दरबारमार्गका डिएसपी तिलक भारती र मुद्दा शाखाका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीले करकाप र दवाब दिएर घटना सामसुम पार्ने प्रयास गरेका थिए।
घटना सार्वजनिक भएपछि बनेको छानबिन समितीले सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ। यस्तै प्रहरी निरीक्षक ठकुरीलाई निलम्बनको सिफारिस गरिएको छ। डिएसपी भारतीका हकमा भने अनुसन्धान जारी राखिएको छ। शुक्रबार प्रहरीमा दर्ता भएको जाहेरीमा घटना विवरणसहित आरोपीविरुद्ध कडाभन्दा कडा कारवाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका