February 1, 2018

दरबारमार्ग घटनामा उच्च नेतृत्वको पनि कमजोरी : आईजिपी

 

 माघ १८ 

Nepal Live

काठमाडौं– दरबारमार्गमा केही दिनअघि भएको बलात्कार काण्डलाई लिएर प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ’सुन्दर भवनमा असुन्दर काम भएको’ बताएका छन्।

दरबारमार्गमा निर्माण भएको नेपाल प्रहरीको नयाँ वृत्त भवनको आज उद्घाटन गर्दै आइजिपी अर्यालले घटनामा जोडिएका कोही पनि उम्कन नपाउने बताए। 

‘यो सुन्दर भवनमा असुन्दर काम भएको सूचना हामीले पाएका छौं, यो यदी कसुर प्रमाणित भएमा उनीहरु कानुनी सजायको भागीदार हुनेछन्,’ उनले भने,‘महिला अस्मिताको विषय कतै मिलापत्रको विषय हुँनुहुँदैन। यसघटनामा संलग्न हुनसक्ने कुनै प्रहरी अधिकृत निलम्बित भइसकेको, अन्य निलम्बित हुने क्रममा छन्। कसुर ठहरिएमा कडा भन्दा कडा कारबाहीको भागिदार हुनेछन्।’
कुनै अमुक व्यक्तिको लापरबाही र असावधानीका वा गैरव्यवसायिक हर्कत हुनसक्ने प्रतिकुल परिस्थिती क्षणिक  हुनुपर्ने र यस घटनाबाट सबै प्रहरीले पाठ  सिक्नुपर्ने अर्यालको भनाई छ। 

उनले उपत्यकाकमा माथिल्लो निकायका प्रहरीको पनि कमजोरी रहेको भन्दै सर्तक रहन निर्देशन दिए। ‘यस युनिटको सुपरभिजन गर्ने माथिका यूनिटहरु पनि यस्ता किमिसका गतिविधिहरुप्रति आफु जिम्मेवार  रहनुपर्छ,’ उनले भने,‘अन्यथा सुपरभिजनको पनि कुनै महत्व हुँदैन।  सुपरभिजनमा रहेका सबै निकायका प्रहरीलाई म निर्देशन के दिन चाहन्छु भने आफु अन्र्तगतका हरेक प्रहरीको गतिविधि अनुगमन गर्ने, करेक्सन गर्ने र आपश्यक पर्दा सहयोग गर्ने र खराब कुरामा कारबाही गर्ने भूमिका खेल्नुपर्छ।’ 

गत बिहीबार दरबारमार्ग्स्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। घटना लुकाएर मिल्न दबाब दिएपछि त्यहाँका डिएसपी र इन्सपेक्टर अनुसन्धानमा तानिएका थिए।

अनुसन्धानमा चलखेल गरेको आरोप लागेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती महानगरीय परिसर टेकुमा तानिएका छन्। इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि पनि छानबिन भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र