January 30, 2018

यस्तो रहेछ माओवादी नेता आहुतिले पार्टी त्याग्नुको भित्री रहस्य

 

 

 

 

काठमाडौं, माघ १६\  आहुतिले नेकपा माओवादीकेन्द्र पार्टी त्यागेको घोषणा गरेका छन्।पार्टी त्यागेको घोषणा गर्दै फेसबुकमा लेखेका छन्, “भूमण्डलीकृत पूँजीवाद र संसदवादको विरुध्द लागेको कम्युनिष्ट अभियानको म एक अभियन्ता हुँ। पहिले म रहेको पार्टी (माओवादी केन्द्र) सँग सम्बन्ध विच्छेद गरिसकेको कुरामा कतिपयलाइ अझै भ्रम रहेकोले पुनः जानकारी गराउन चाहन्छु।”

 

आहुतिले पार्टी छाडेको बिषयमा खोतल्दा आहुतिनिकट माओवादी केन्द्रका नेताले भित्री कुरो खुलाए। उनका अनुसार, धोबीघाट गठबन्धनपछि आहुति प्रचण्डसँग धेरै नै नजिकिएका थिए। एमाले र माओवादी बीचको चुनावी तालमेल र पार्टी एकीकरण अभियानमा पनि निकै सकृय थिए। संयुक्त चुनावी घोषणापत्र तैयार गर्दा मुख्य मस्यौदाकार उनै थिए।

श्रीमति बुध्दलक्ष्मी महर्जनलाइ ललितपुर प्रदेशसभा निर्वाचनको टिकट दिने आश्वासन पाएका थिए; जस्मा उनी ढुक्क थिए। टिकट दिने निर्णयको अन्तिम समयमा बर्षमान पुनले बुध्दलक्ष्मीको नाम काटेर आफ्नी बहिनी सुशिला पुनलाइ उम्मेदवार बनाइदिए। यसले आहुतिलाइ चोट पुर्यायो।

यसपछि आहुति झन् बिच्किए। अगाडी देखिएको घटना यही हो, तर बाहिर प्रकट नभएका अरु बिषय पनि छन्।

२०७० मङ्ग्सिरपछि पहिचानको नाममा गरिने जातीय-साम्प्रदायिक राजनीति ह्वात्तै सेलायो। पहिचानको नाममा गरिने जातीय-साम्प्रदायिक राजनीतिलाइ मलजल गर्दैआएका अन्तर्राष्ट्रिय शक्ति र आइएनजीओहरु पनि पछि हटे। आफूलाइ कम्युनिष्ट भन्ने नेता र वामबुध्दिजीवीहरुको दानापानीमा समेत् असर पर्यो। माओवादी पार्टीले यो समूहलाइ साथ दिईरहेको थियो। २०७० मङ्ग्सिरपछि माओवादी केन्द्र पार्टी पनि यो बिषयबाट तर्केको थियो। यस्मा पनि आहुतिलगायत ती समूह रुष्ट थिए। पार्टी त्याग्नुमा यिनै कारण देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने