January 24, 2018

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

 

बैठकले १ नं प्रदेशबाट पाँच, २ नं प्रदेशबाट एक, ३ नं प्रदेशबाट छ र ४ नं प्रदेशबाट चार गरी १६ जनाको नाम टुंगो लगाएको हो । प्रदेश नं १ बाट नैनकला ओझा (महिला) मोरङ, खेम नेपाली (दलित) मोरङ, हरिचरण सिवाकोटी (खुला) झापा, परशुमेघी गुरुङ (खुला) संखुवासभा र अगम बान्तवा (अल्पसंख्यक) इलाम रहनुभएको छ ।

त्यस्तै प्रदेश नं २ बाट सुमन प्याकुरेल (खुला) सप्तरी मात्र रहनु भएको छ भने प्रदेश नं ३ बाट पार्वती रावल (महिला) चितवन, उदया शर्मा (महिला) काठमाडौँ, सिंहबहादुर विक (दलित) सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला) काठमाडौँ, बेदुराम भुसाल (खुला) काठमाडौँ र रामचन्द्र राई दनुवार (अल्पसंख्यक) मकवानपुर रहनुभएको छ ।

यस्तै प्रदेश नं ४ बाट रामबहादुर थापा (अपांगता) स्याङ्जा, गणेश तिमिल्सिना (खुला) पर्वत, शान्ति अधिकारी (महिला) बागलुङ र दीपा गुरुङ (महिला) लमजुङ रहनु भएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार रातिसम्म चलेको बैठकले १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको थियो । जसमा ७ नं प्रदेशबाट चार, ५ नं प्रदेशबाट पाँच र ४ नं प्रदेशबाट चार जनाको नाम टुंगो लगाएको थियो । जसअनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा रहनुभएको छ ।

यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुमलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ । माघ २४ गते हुने निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा उम्मेदवार दिने भएको छ । बैठकले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने निर्णयसमेत गरेको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना