किराती मोर्चामा पार्टी एकता र गोपाल किरातीबारे छलफल शुरु

नेकपा (माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाले पार्टी एकता र नेता गोपाल किरातीले प्रस्तुत गर्दै आएको विचारबारे औपचारिक रुपमा बहस शुरु गरेको छ । किरातीले उठाउँदै आएको विचार र पार्टी एकताका बारेमा मोर्चामा औचारिक रुपमा बहस शुरु भएको मोर्चाका महासचिव अर्जुन किरातीले बताए ।gopal_kirati_3_0KYHwjEXY6सोमबार सुनसरीको इटहरीमा मोर्चाको १ नम्बर प्रदेश स्तरीय भेला बोलाएर पार्टी एकता, गोपाल किरातीको विचार, प्रदेशको नामाकरण, प्रदेशको स्थायी राजधानी र संगठनको भावि कार्यदिशाबारे छलफल शुरु भएको महासचिव किरातीले बताए ।

निर्वाचनमा वाम गठबन्धनको सफलतापछि एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको बारे छलफल भएपछि माओवादी नेता गोपाल किरातीले माओवाद र पहिचानको मुद्धा छाडेर पार्टी एकता गर्न नहुने भन्दै फरक मत विचार राख्दै आएका छन् ।

उनले पार्टीको आठौ राष्ट्रिय महाधिवेशनको माग गर्दै प्रचण्डलाई ज्ञापनपत्रनै बुझाएर अधिवेशन नगरे आफ्नो समूहले छुट्टै पार्टी गठन गर्ने चेतावनी दिदै आएका छन् । भेलामा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य शुरेसकुमार राई (हिमाल), पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई(पासाङ) लगायतको उपस्थिति रहेको थियो । 

भेलामा वक्ताहरुले पार्टी एकतामा पहिचानको मुद्धा छोड्न नहुने र संस्थापक नेता गोपाल किरातीलाई पार्टीभित्रै अन्तरसंघर्ष गर्न सुझाव दिएका छन् । त्यस्तै १ नम्बर प्रदेशको नाम किरात राख्न संस्थागत पहल गर्ने र स्थायी राजधानीबारे थप छलफलपछि मोर्चा निर्णयमा पुग्ने मोर्चाका अर्का उपाध्यक्ष राकेश किरातीले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना