January 20, 2018

३ नम्बर प्रदेशको राजधानी भक्तपुरमा हुनुपर्ने माग गर्दै देउवा र बिजुक्छेको तस्विरमा कालोमोसो !

माघ ६, भक्तपुर ।
 

भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् ।

शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा आन्दोलनकारीहरुले तीन नेताको तस्बिरमा कालोमोसो दली आगो लगाई बिरोध जनाएका छन् ।

प्राविधिक कार्यदलले दिएको प्रतिवेदन लत्याउँदैं प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा तोकेको भन्दैं भक्तपुरका स्थानीयले बिरोध जनाउँदै आन्दोलन गरेका छन् ।

सबै पूर्वाधारका दृष्टिकोणले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने कार्यदलको प्रतिवेदन लत्याउँदै अन्य सबै जिल्लालाई अपायक पर्ने गरी मुकाम तोकेको भन्दै भक्तपुर जनताले आन्दोलन गरेका हुन् । 

आन्दोलनमा सहभागि प्रतिनिधी सभा सांसद महेश बस्नेत, प्रदेश सभा सांसद शशिजंग थापा, भक्तपुरका जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल लगायतले प्राविधिक कार्यदलले दिएको प्रतिवेदनकै आधारमा मुकाम फिर्ता गरी भक्तपुर कायम गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग