नक्कली नेपाली रुपैयाँ छाप्ने दुई भारतीय युवक पक्राउ

सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय डोटी मातहतको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) ले कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रबाट नक्कली रुपैयाँ छाप्ने दुई युवकलाई पक्राउ गरेको छ । 177863317526803451_2267267479966249_101863631_nआरआईटीको टोलीले सीमा क्षेत्र नजिकै पर्ने बेलौरी नगरपालिका–६ दुमलीबाट नक्कली पैसा छाप्ने दुई जना भारतीय युवकलाई पक्राउ गरेको हो । सूचनाका आधारमा भारतको उत्तर प्रदेशमा पर्ने पिलिभित जिल्ला सारतीपुर बलाह बजारघाटका २२ वर्षिय बलबीर सिाह र १९ वर्षिय अनमोल भनिने कृष्ण सिंहलाई पक्राउ गरिएको आरआईटीले जनाएको छ । 

पक्राउ परेका युवकहरुबाट नेपाली रुपैयाँ एक हजारको नोटको आकारमा काटिएका कागजका टुक्राहरु र छाप्नमा प्रयोग हुने विभिन्न केमिकल तथा लेन्स बरामद गरिएको आरआईटी प्रमुख प्रहरी नायव निरीक्षक केशव जोशीले जानकारी दिएका छन् ।पक्राउ परेका दुवै भारतीय युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको आरआईटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना