January 6, 2018

पूर्वमा बाक्लाे हुस्सु सहित अत्याधिक चिसाे : एक सातामा ८ जनाकाे मृत्यु

 

 

इटहरी । केहीदिन यता पूर्वमा बाक्लाे हुस्सु सहित बढेकाे अत्याधिक चिसाेले बिभिन्न जिल्लामा जनजिवन प्रभावित बनेकाे छ । सुनसरी सहित पूर्वी तराइका जिल्लामा परेकाे बाक्लाे हुस्सु र चिसाेकाे कारण जनजिवन प्रभावित बनेकाे हाे । पुस महिना सुरू भएलगत्तै बढेकाे चिसाेका कारण पूर्वि तराइका सुनसरी , माेरङ , झापा , इलाम पाँचथर , ताप्लेजुङ , भाेजपुर , धनकुटा संखुवासभा लगायतका जिल्लाहरूमा जनजिवन प्रभावित बनेका हुन ।  पूर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा ८ जनाले ज्यान गुमाएका छन ।   अत्याधिक बढेकाे जाडाेले सप्तरीमा  ६ जनाकाे मृत्यु भएकाे छ भने सुनसरीमा एक र झापामा एक गरी ८ जनाकाे मृत्यु भएकाे हाे ।

चिसाेका कारण बिशेष गरी गत साउनमा अाएकाे बाढीबाट घरबार बिहीन बनेका बाढीपिडित , काेशीपिडित लगायत चाैपायाहरू समेत प्रभावित बनेका छन । बाक्लाे हुस्सुका कारण जाडाेमा सुत्केरी महिलाहरू पनि बढी नै प्रभावित देखिएका छन। सरकारी कार्यालयहरूमा पनि चिसाेकाे प्रभाव परेकाे देखिएका छन । सुनसरी लगायत तराइका जिललाहरूमा रहेका सरकारी कार्यालयहरूमा सेवा लिन अाउने सेवाग्राहीहरूकाे संख्या घटेकाे छ । सडकमा यातायातका साधनहरूपनि घटेकाे देख्न सकिन्छ ।

यता चिसाेकै कारण अस्पतालहरूमा बिरामीकाे संख्या ह्वात्तै बढेकाे पाइएकाे छ । बिशेषगरी ज्वराे , रूघाखाेकी , निमाेनीया जस्ता राेगका बिरामीहरूले सामुदायिक अस्पतालहरू भरीभराउ देखिएका छन । चिसाेका कारण अस्पतालमा बिरामी नवजात शिशुहरूकाे संख्या पनि बढदै गएकाे छ । चिसाेका कारण नवजात शिशुहरूमा चाडै निमाेनीयाकाे प्रकाेप देखिने गरेकाेले अस्पतालमा बिरामी शिशुहरूकाे संख्या बढेकाे धरानस्थित बिपी काेइराला स्वास्थ्य  बिज्ञान प्रतिस्ठानका बाल बिशेषज्ञहरूले जनाएका छन । चिसोका कारण अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै दैनिक ज्याला मजदुरी गरी परिवारकाे गुजारा गर्नेहरू पनि प्रत्यक्ष मार्कामा परेका छन ।

यता अत्याधिक चिसाेका कारण सुनसरी लगायत तराइका जिल्लाहरूमा रहेका सामुदायिक एवम निजि बिद्यालयहरू पनि बन्द गरीएकाे छ । अत्याधिक चिसाे बढेसंगै सुनसरीमा एक साता सम्मलाृइ सामुदायिक बिद्यालयहरूकाे पठन पाठन बन्द गराइएकाे छ । हुस्सुका कारण कृषकहरूपनि माृकामा परेका छन । तराइका जिल्लाहरूमा बढेकाे हुस्सु र चिसाेले कृषकहरूकाे बालीमा नराम्राेसंग असर पारेकाे देखिन्छ । चिसाेले अालुका खेती गर्दै अाएका कृषकहरू पनि बढी समस्यामा रहेकाे देखिएका छन ।

पूर्वि तराइमा चिसाे संगै लागेकाे बाक्लाे हुस्सुका कारण सवारी दुर्घटनाहरू पनि बढेकाे पाइएकाे छ । एक साताकाे अवधीमा सुनसरिमा मात्रै सात दुर्घटना भइसकेका छन । सुनसरीकाे तरहरास्थित चारकाेशे झाडीमा मात्रै तिन दुर्घटना भएका छन भने झापामा २ , माेरङ र सप्तरमा एक एक गरी सात दुर्घटना भएकाे पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक