नेपालको नयाँ सरकारलाई स्वागत गर्न आए ‘रअ’का नयाँ प्रमुख !

 

काठमाडौं, २०७४ पुस २० ।  वैदेशिक क्षेत्रमा काम गर्ने भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस (Research and Analysis Wing) (R&AW or RAW) (रअ)ले नेपालका लागि नयाँ प्रमुख नियुक्त गरेको कुरा नेपालस्थित भारतीय राजदूतावास स्रोतबाट थाहा भएको छ ।  कलकत्ताका स्थायीवासी अभिजित हल्दरले नेपालको ‘रअ’ प्रमुखको जिम्मेवारी सम्हाल्दैछन्।  नेपालस्थित भारतीय राजदूतावास स्रोतका अनुसार, २०७४ पुस २० गते अर्थात् सन् २०१८ जनवरी ४  तारिखबाट विवेक जुहारीले सम्हाल्दै आएको कार्यभार हल्दरले सम्हाल्ने छन्।

स्रोतका अनुसार, पुस २० गते ४ बजे नेपाल उत्रिएका हल्दरद्वारा आज नै ह्याण्डओभर र टेकओभरको कार्यक्रम सम्पन्न  हुनेछ छ।  नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ संसद, नयाँ सरकार, प्रदेश सरकार, प्रदेश संसद  बन्ने तयारी भैरहेको समयमा नेपालका लागि नियुक्त ‘रअ’ प्रमुख हल्दरको नेपालमा औपचारिक आगमन पहिलो भएको पनि  स्रोतले बत़ाएको छ। नेपालको नयाँ राजनीतिका व्यवस्था कार्यान्वयनको शुभराम्भको घडीमा नेपालाका लागि नौलो व्यक्ति वैदेशिक क्षेत्रमा काम गर्ने भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस (रअ)को प्रमुखको नियुक्ति भएको छ।  नयाँ राजनीतिक सन्दर्भ, नयाँ सरकारको नियुक्तिपछि  नेपाल नीति र नेपाल भारत सम्बन्ध, अभिजित हल्दरको कार्यकालमा  के कस्तो रुपमा अघि बढ्ने हो र उनको भूमिका कस्तो रहने छ भन्ने प्रतिक्षामा नेपालको राजनीतिक र कूटनीतिक क्षेत्र रहेको छ।

नेपाल राजनीतिक संक्रमणको उच्चतम बिन्दुमा रहेको, संविधान जारी होला कि नहोला भन्ने त्रासलेग्रस्त   अवस्थामा  २७ महिना अघि नेपालका लागि ‘रअ’को प्रमुखको जिम्मेवारी सम्हालेका वर्तमान प्रमुख विवेक जुहारी विवादमुक्त भएर नेपालबाट २०१८ जनवरी ११ (२०७४ पुस २७ गते) मा विदावारी हुँदैछन्। नेपालका लागि ‘रअ’का  प्रमुख विवेक जुहारीको नियुक्ति  कति समयका लागि भन्ने अवधि नतोकिई नेपालको जिम्मेवारी सम्हालेको भएतापनि उनले दोस्रो पटक २७ महिना काम गर्ने अवसर पाएको नेपालस्थित भारतीय राजदूत निकट स्रोतले बताएको छ।

शालीन, भद्र व्यक्तित्व भनेर नेपालको कूटनीतिक क्षेत्रमा नाम लिइने  विवेक जुहारीले केपी ओली, पुष्पकमल  दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको सरकार देख्ने र भोग्ने अवसर पाए।  मध्ये प्रदेश स्थायी बसोबास भएका  कुनै हाइफाई र  अनावश्यक चलखेल नगर्ने, यसभन्दा अघि रअको सेकेन्ड म्यान (काउन्सलर) भएर नेपालमा बसेका जुहारी नेपालमा मात्र होइन नयाँ दिल्लीमा समेत प्रभावशाली व्यक्तिको रुपमा चर्चित छन्।

 

स्रोतका अनुसार, नेपालमा काम गरेका मध्ये नेपालमै चर्चित टी हर्मिक्स, आलोक जोशीपछि सम्भवत : विवेक जुहारी सन् २०१८ को अन्तिम महिना  डिसेम्बरमा वैदेशिक क्षेत्रमा काम गर्ने विश्वबिख्यात भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस (Research and Analysis Wing) (R&AW or RAW) (रअ)को प्रमुखमा नियुक्त हुनेछन।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

यि १२ जिल्लामा आज र भोलि विभिन्न भारी वर्षा हुने सम्भावना

 असार १५,काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा