न्यूक्लियर मिसाइलको बटन मेरो टेबलमा छ – किम जोङ

 

 

काठमाडौं, पुस १७ ,  उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकाले आफ्नो देशविरुद्ध युद्ध घोषणा पनि गर्न नपाउने बताएका छन्।नयाँ वर्ष २०१८ को पहिलो दिन सोमबार टेलिभिजन सम्बोधन गर्दै उनले उत्तरको मिसाइलले अमेरिकाको सबै भागमा हान्न सकिने र अमेरिकाले युद्धको घोषणा पनि गर्न नपाउने बताएका हुन्।

‘अमेरिकाले दिने सम्पूर्ण आणविक त्रासको सामना गर्ने सबै उपाय हामीसँग छन्,’ उनले सम्बोधनमा भनेका छन्।उनले उत्तर कोरियासँगको आणविक हतियार तर्साउन मात्र नभई वास्तविकता भएको कुरा पनि ख्याल गर्न अमेरिकालाई भनेका छन्।उनले यो वर्ष अझै ठूलो मात्रामा आणविक अस्त्र बनाउन लाग्ने र कहीँबाट सुरक्षा खतरा हुनासाथ त्यसको प्रयोग गरिने बताएका छन्।उत्तर कोरिया शान्ति मन पराउने जिम्मेवार आणविक राष्ट्र भएको पनि सन्देशमा उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय