उदयपुरमा यौन व्यवसाय फस्टाउँदो

 
पुस ३, गाईघाट । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ ।
सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गर्न थालेको सो कार्यालयले जनाएको छ ।

आइतबार मात्र गाईघाटको वडा नं ११ स्थित हिमाली टोलको एक होटलमा सादा पोशाकका प्रहरीले होटल सञ्चालिकासहित केही यौनकर्मीलाई रंगेशात पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख नवराज भट्टले बताए । पक्राउपर्नेमा होटल सञ्चालिका सानु श्रेष्ठ र यौन क्रियाकलपमा संलग्न केही महिलासहितका व्यक्ति रहेका छन् ।

पक्राउ परेका यौनकर्मी महिलाका बयान अनुसार होटल सञ्चालिका श्रेष्ठले कमिशनमा ग्राहक बोलाएर यौनकर्मीलाई एक पटककोे पाँचसयका दरले यौन क्रियाकलामा लगाउने गरेकी थिइन् । अन्य होटलमा पनि यस्ता कार्य हुनथालेकाले बिहान, बेलुकी र राति सादा पोशाकका प्रहरीले निगरानी गर्न थालेको प्रहरी प्रमुख भट्टले बताए ।

केही स्थानमा यस्तो गतिविधि बढ्न थालेका कारण प्रहरीले कडाइका साथ नियन्त्रणको अभियान थालेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र