काठमाडौं, १ पुस । आम निर्वाचनमा नेपालको एउटा बलियो पार्टी नेपाली कांग्रेसको अप्रत्यासीत हारपछि विभिन्न कोणबाट समिक्षा हुने गरेको छ । कांग्रेस नेतृत्वको असक्षमता र विभिन्न राजनीतिक नियुक्तिका विवादमा फँसेका कारण उसको चुनावमा तुवाँलो लागेको पनि चर्चा छ । कांग्रेस पराजित हुनुका कारण यतिमात्र होइन भन्छन् युवा नेता रामहरि खतिवडा । कांग्रेसमा प्रतिनिधि सभामा ओेखलढुङ्गामा उनी पराजित भएका थिए ।
नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारसँग ५ हजार बढि मतले पराजित खतिवडाको आफ्नो पराजयको मुख्य कारण भने गठबन्धनको मत नै ज्यादा हुनु रहेको बताउँछन् । माओवादीको ९ हजार बढि मतले एमालेको जीत भएको बताएका खतिवडा देशव्यापी रूपमा कांग्रेस पराजितको मुख्य कारण भने नेताको नीति छाडी नाता, दाता र भ्राता हेर्ने प्रवित्ति भएको टिप्पणी गर्छन् ।
कांग्रेसको केन्द्रिय समितिमा देशैभर अप्रत्यासीत हारको विषयमा केन्द्रिय समितिमा गलत प्रवित्ति र शैलीका विषयमा जोडदार कुरा उठाउने तयारी गरेका खतिवडाका अनुसार नीति भन्दा नेताको प्रवित्ति बढेर गएका कारण कांग्रेस पराजित भयो । ‘कांग्रेसले कहिले पनि आत्मसमिक्षा गरेन । नेतृत्वमा नाता, नातापछि दाता र त्यसपछि भ्रातावाद हावी भयो । यसरी पार्टीको जीवन कहिले राम्रो हुन्थ्यो ? यस विषयमा केन्द्रिय समितिमा कुरा उठाउँछु ।’, उनी भन्छन्,‘यहि प्रवित्तिको सजाय पाएको हो, कांग्रेसले । ठूला ठूला नेताको हारको कारण के हो ? प्रवित्ति होइन ?’
कतिपय स्थानमा नेताका दम्भका कारणले पनि पार्टीलाई घाटा भएको उनको बुझाई छ । गठबन्धनमा सहयोग गर्नुपर्ने र रिजल्ट आउने ठाउँमा नेताको जबरजस्तीले पनि घाटा भएको बताउँदै खतिवडा भन्छन्,‘कृष्ण सिटौला जी किन उठ्नुपरेको ? त्यसले लोकतान्त्रिक गठबन्धनलाई घाटा भएन ?’
कतिपय स्थानमा नेतृत्व चुनावी परिणामका लागि प्रचारमा नजाँदा कांग्रेस पराजयको बाटोमा लागेको बताएका खतिवडाका अनुसार भाग खोज्ने तर पार्टीको जीवनका लागि समर्पण नगर्ने नेताका कारणले पनि पराजय भोग्न कांग्रेस बाध्य भयो । ‘रामचन्द्र पौडेल जीलाई सरकार, मन्त्री, पार्टीको नेतृत्वमा भाग चाहिने । ६० र ४० को कुरा गरेर हैरान पार्ने । यो हारको ४० प्रतिशतको हिस्सेदारी उहाँको हो की होइन ? पार्टी जीताउन शतप्रतिशत मिहेनत गर्नुपर्छ भन्ने जानकारी उहाँलाई थिएन ?’, खतिवडाको प्रश्न छ,‘सरकारमा हुँदा मेरो भागमा यति मन्त्री भन्नेले पार्टीको पराजयको भाग पनि लिनुपर्छ । दोष एकजनालाईमात्र देखाएर हुन्छ ?’
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज