December 12, 2017

फरार रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिने विकल्प के?

 
 

रेशम चौधरी । फाइल तस्वीर

२६ मंसिर, धनगढी। कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ ।कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।कैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्देशन आफूले कुरिरहेको बताए ।

‘उहाँ आफै उपस्थित हुनुभयो भने हातैमा दिने, हुनु भएन भने हुलाकबाट पठाइदिने वा निर्वाचन आयोगलाई नै प्रमाणपत्र बुझाइदिने विकल्प छ,’ भुसालले भने, ‘के गर्ने भनेर निर्वाचन आयोगको निर्देशन कुरेको छु ।’निर्वाचन सम्वन्धी ऐन र निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनमा फरार उम्मेदवारलाई वारेसमार्फत् प्रमाणपत्र दिन मिल्ने कि नमिल्ने भन्ने कुरा स्पष्ट नभएकाले पनि अन्योल भएको हो ।मुख्य निर्वाचन अधिकृत भुसालले स्थितिलाई सामान्यीकरण गर्नु नै बुद्धिमता हुने भएकाले उपयुक्त निर्णय लिइने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक