प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा यस्तो सप्तरीको नतिजा

राजविराज । सप्तरीमा प्रतिनिधि र प्रदेशसभाको सबै नतिजा सार्वजनिक भएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ १ र २ मा संघीय समाजवादी फोरम नेपाल, ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र ४ मा नेपाली कांग्रेसले विजयी भएका छन् ।

क्षेत्र नं. १ मा डा. सुर्यनारायण यादव र २ मा फोरम अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यसैगरी, क्षेत्र नम्बर ३ मा राजपाका चन्द्रकान्त चौधरी र क्षेत्र नं.४ मा कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।

डा.यादवले २१ हजार ७ सय १२ तथा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याई प्रतिनिधि सभा सदस्य पदमा स्थान पक्का गरेका छन् । यसैगरी, राजपाका चौधरीले २२ हजार ५ सय ८४ र कांग्रेसका चौधरी २४ हजार १ सय १३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नं.१‘क’ र ४(क) मा नेकपा एमालेले विजयी हासिल गरेका छन् । यसैगरी, १(ख), २(ख) र ३(ख) मा राजपा तथा २(क) र ४(ख) मा फोरम विजयी भएका छन् । यसैगरी, ३(क) मा कांग्रेस विजयी भएका छन् ।

एमालेका सत्यनारायण मण्डलले क्षेत्र नं.१(क) मा ११ हजार ३ सय २ तथा गोविन्द न्यौपानेले क्षेत्र नं.४(क) मा १५ हजार ११३ मत ल्याई प्रदेशसभा सदस्य स्थान पक्का गरेका छन् । यसैगरी, राजपाका नवलकिशोर साहले १(ख) मा १३ हजार ६४७, मनिष सुमनले २(ख) मा ८ हजार ९३९ र विशेश्वर प्रसाद यादवले ३(ख) मा १० हजार ३ सय २८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी, फोरमका शैलेन्द्र प्रसाद साहले २(क) मा १० हजार ५ सय ७७ र अभिषेक यादवले ४(ख) मा ९ हजार ५ मत प्राप्त गरी निर्वाचित भएका छन् । कांग्रेसका मो. समिमले ३(क) मा ११ हजार ६ सय २८ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा सिट पक्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना