नेपाली काँग्रेस नेताको घरमा बम विस्फोट

कपिलवस्तु, १९ मंसिर :  बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ ।

नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् । पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ ।

त्यसैगरी आज बिहान पुनः दोस्रोपटक नेता भुसालको घरमा सकेट बम फेला परेको छ । बिहान करिब ५ बजे घरसँगै सकेट बम देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेको नेता भुसालका भाइ लक्ष्मण भुसालले बताए । सो सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको थियो ।

निर्वाचनको मिति नजिकै आउँदा जिल्लामा विस्फोटका घटना बढ्न थालेका छन् । तर स्थानीय प्रशासनले भने सानातिना विस्फोटले निर्वाचनको कार्यलाई खासै असर नपुर्‍याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना