एक घण्टामा ४५० मत गणना गर्ने आयोगको तयारी

मङ्सिर १९,काठमाडौं : निर्वाचन आयोगले ४ दिनभित्रै प्रत्यक्षतर्फको सबै मतगणना सकिसक्नेगरी तयारी गरिएको जानकारी दिएको छ । मतगणना गर्ने टोली थप गरेर भए पनि चार दिनभित्रै सक्ने निर्वाचन आयोगको तयारी रहेको छ ।

“मतदाता संख्या थोरै रहेका निर्वाचन क्षेत्रमा मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणाम आउने भएकाले अन्य क्षेत्रको मतपरिणाम आउन धेरै ढिला हुँदा आम मतदाता, सञ्चारकर्मी र राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यवेक्षकको चासो समेत रहने भएकाले मतदाता संख्या अनुसार थप मतगणना टोली परिचालन गरी चार दिनभित्र प्रत्यक्ष र आठ दिनभित्र समानुपातिकको मतगणना सक्ने गरी व्यवस्थापन गरिएको छ,” आयुक्त ईश्वरीप्रसाद पौड्यालले भने ।

निर्वाचन आयोगले २४ सै घण्टा मतगणना गर्ने गरी ३ सिफ्टमा कर्मचारी तयारी अवस्थामा राखेको छ ।

“८ घण्टाको एक सिफ्ट गरिएको छ,” उनले भने, “एक सिफ्टमा कम्तिमा पनि ३५ सय मत गणना हुने अनुमान गरेका छौं । किनकी अहिले मतपत्र छरितो छ । धेरै समय लाग्दैन ।”

दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । ४५ जिल्लाका १२७ प्रतिनिधि सभा र २५६ प्रदेश सभा सदस्यका लागि मतदान हुन लागेको हो ।

मतगणना स्थलको सुरक्षा व्यवस्था बलियो बनाइएको बताउँदै उनले भने–मतगणनास्थलमा उपस्थित पत्रकार उमेदवार/निर्वाचन प्रतिनिधि/मतगणना प्रतिनिधिले मतगणनाको क्रममा कुनै पनि हालतमा मतपत्र छुन नपाउने /नसक्ने गरी छेकवार राख्ने र उपरोक्त व्यक्तिले मतपत्र छुन नपाउने गरी उच्च सुरक्षा प्रवन्ध मिलाइनेछ ।”

सम्भव हुने स्थानमा सीसीटीभी पनि राख्ने उनले बताए । ४५ जिल्लामा दोस्रो चरण अन्तर्गत बिहीबार मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना