गौचन हत्याका प्रमुख योजनाकार बस्नेत भारतबाट पक्राउ

१७ मंसिर,काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले आफ्नो लगानीको सेयर नपाएपछि हत्या योजना बनाएको बयान दिएका छन् ।

1807283368sameerभारतमा लुकिछिपि रहेका बस्नेतलाई प्रहरीले पक्राउ गरी आइतबार काठमाडौं ल्याएको थियो ।

तर प्रहरीले चितवनबाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी उच्च स्रोतका अनुसार गौचनलाई भारतमा पक्राउ गरिएको थियो ।

गौचन हत्याका मुख्य योजनाकार बस्नेतले प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ घैंटेमार्फत गौचनको कम्पनीमा लगानी गरेको तर पछि पैसा र सेयर केही पनि नपाएपछि विवाद बढ्दै गएको बताएका छन् ।

त्यसपछि हत्याको योजना बनाएको उनले बयान दिएको प्रहरीले जानकारी दिएको छ । बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सेयर  र ठेक्कावापतको कमिसन नपाएका कारण गौचनको हत्या भएको देखिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कार कार्कीले जानकारी दिए ।

गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्ट्रक्सनकका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ (घैंटे) मार्फत २ करोड ५० लाख लिएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

उक्त रकममध्ये समीरमान सिंह बस्नेतको १ करोड भएको दाबी गरिएको र कुमार श्रेष्ठको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि समीरमान सिंह बस्नेतले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेका बयानमा भनेको प्रहरीले जनाएको छ ।

त्यसबाहेक वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन वापतको २ प्रतिशत रकम माग गरेकोमा बेवास्ता गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

अहिलेसम्म गौचन हत्यामा संलग्न मध्ये मुख्य योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङ पक्राउ परिसकेका छन् ।

त्यसबाहेक मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् । घैटैमार्फत लगानी गरेको रकम र हुलाकी राजमार्गको २ प्रतिशत सेयर नदिएका कारण गौचनको हत्या गर्नु परेको बस्नेतले प्रहरी बयानमा भनेका छन् । 

बस्नेतको बयान उद्धृत गर्दै स्रोतले भन्यो,– गौचनको कम्पनीमा मेरो एक करोडको सेयर थियो । घैंटेको मृत्यपछि मैले त्यो रकम फिर्ता मागेको थिएँ । तर उनले दिएनन् । कम्पनीमा सेयर भएकाले हुलाकी राजमार्गको पनि मलाई २ प्रतिशत सेयर चाहिन्छ भनेको थिएँ । धेरैपटक कुरा गरे वास्ता नगरेका कारण मैले हत्या योजना बनाएको हुँ । मेरो योजनालाई लोप्साङले साथ दिएका हुन् । उनले टेक्निकल सहयोग गरेका हुन् ।”

बयानमा उनले गुण्डा दावा लामाको पनि आफ्नै योजनामा हत्या गरेको स्वीकार गरेका छन् ।

मनोज पुनसँग सम्बन्ध टुट्यो : बस्नेत  

सीआईबीको हिरासतमा रहेका बस्नेतले युवा संघ वुटवलका दुर्गा तिवारी हत्यापछि मनोज पुनसँग आफुहरुको सम्बन्ध टुटेको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।