गौचन हत्याका प्रमुख योजनाकार बस्नेत भारतबाट पक्राउ

१७ मंसिर,काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले आफ्नो लगानीको सेयर नपाएपछि हत्या योजना बनाएको बयान दिएका छन् ।

1807283368sameerभारतमा लुकिछिपि रहेका बस्नेतलाई प्रहरीले पक्राउ गरी आइतबार काठमाडौं ल्याएको थियो ।

तर प्रहरीले चितवनबाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी उच्च स्रोतका अनुसार गौचनलाई भारतमा पक्राउ गरिएको थियो ।

गौचन हत्याका मुख्य योजनाकार बस्नेतले प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ घैंटेमार्फत गौचनको कम्पनीमा लगानी गरेको तर पछि पैसा र सेयर केही पनि नपाएपछि विवाद बढ्दै गएको बताएका छन् ।

त्यसपछि हत्याको योजना बनाएको उनले बयान दिएको प्रहरीले जानकारी दिएको छ । बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सेयर  र ठेक्कावापतको कमिसन नपाएका कारण गौचनको हत्या भएको देखिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कार कार्कीले जानकारी दिए ।

गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्ट्रक्सनकका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ (घैंटे) मार्फत २ करोड ५० लाख लिएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

उक्त रकममध्ये समीरमान सिंह बस्नेतको १ करोड भएको दाबी गरिएको र कुमार श्रेष्ठको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि समीरमान सिंह बस्नेतले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेका बयानमा भनेको प्रहरीले जनाएको छ ।

त्यसबाहेक वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन वापतको २ प्रतिशत रकम माग गरेकोमा बेवास्ता गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

अहिलेसम्म गौचन हत्यामा संलग्न मध्ये मुख्य योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङ पक्राउ परिसकेका छन् ।

त्यसबाहेक मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् । घैटैमार्फत लगानी गरेको रकम र हुलाकी राजमार्गको २ प्रतिशत सेयर नदिएका कारण गौचनको हत्या गर्नु परेको बस्नेतले प्रहरी बयानमा भनेका छन् । 

बस्नेतको बयान उद्धृत गर्दै स्रोतले भन्यो,– गौचनको कम्पनीमा मेरो एक करोडको सेयर थियो । घैंटेको मृत्यपछि मैले त्यो रकम फिर्ता मागेको थिएँ । तर उनले दिएनन् । कम्पनीमा सेयर भएकाले हुलाकी राजमार्गको पनि मलाई २ प्रतिशत सेयर चाहिन्छ भनेको थिएँ । धेरैपटक कुरा गरे वास्ता नगरेका कारण मैले हत्या योजना बनाएको हुँ । मेरो योजनालाई लोप्साङले साथ दिएका हुन् । उनले टेक्निकल सहयोग गरेका हुन् ।”

बयानमा उनले गुण्डा दावा लामाको पनि आफ्नै योजनामा हत्या गरेको स्वीकार गरेका छन् ।

मनोज पुनसँग सम्बन्ध टुट्यो : बस्नेत  

सीआईबीको हिरासतमा रहेका बस्नेतले युवा संघ वुटवलका दुर्गा तिवारी हत्यापछि मनोज पुनसँग आफुहरुको सम्बन्ध टुटेको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३