काठमाडौं, १२ मंसिर : आगामी पौष ७ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘कोशेली’को फष्टलुक सार्वजनिक भएको छ । प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्मको दुई पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । फष्टलुकमा फिल्मका कलाकारहरुलाई प्रमुख स्थान दिइएको छ ।

भोले बाबा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । मनोज खत्रीको लेखन तथा निर्देशन रहेको फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ ।
निर्देशक मनोजले अहिलेको पुस्ताले मनपराउने खालको समय सामयिक कथालाई फिल्ममा देखाइएको बताए । ‘फिल्मले अहिलेको पुस्ताको प्रेमकथालाई समेटेको छ, आम दर्शकका लागि फिल्म रुचीकर हुनेछ ।’ उनले भने ।
फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि