November 17, 2017

डा. रामशरण महत: एम्बुस विप्लवले हैन, विपक्षीतिरै बढी आशंका

मंसिर १,काठमाडौं : नेपाली कांग्रेसका नेता डा. रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

download

निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको डा. महतले बताए । ‘चुनावमा जित्न लाग्यो भनेर विपक्षीले एम्बुस राखेको हुन सक्छ’, डा. महतले भने, ‘बढ्दो जनसमर्थनबाट विपक्षीहरु आत्तिएका छन् ।’

विप्लप समूहको सन्दर्भमा बोल्दै महतले भने, ‘उहाँहरुले बम आक्रमण नगरेको बताइरहनुभएको मैले सुनेको छु, यो आमसभामा जान नपाओस् भन्नेहरुले गराएको आक्रमण हो ।’

डा. महतले जंगलको बीचमा बाटो मुन्तिर प्रेसर कुकर बम राखेर आतंक मच्याइएको बताए । उनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे । तामाङ नुवाकोट क्षेत्र नं. १ बाट बामगठबन्धनका उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना