पाकिस्तान यु–१९ एसिया कपको फाइनलमा, नेपाल र अफगानिस्तानबीचको विजेतासँग खेल्ने

218117220pakistan-vs-bangaकाठमाडौं । पाकिस्तान मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई डर्कवर्थ लेविस (डिएल) पद्धतिको आधारमा २ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

अब पाकिस्तानले उपाधिको लागि नेपाल र अफगानिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अफगानिस्तानबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । फाइनल खेल भने आइतबार हुनेछ ।

मलेसियाको किनरारा ओभल मैदानमा बंगलादेशले दिएको २७५ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेपछि खेलको नतिजा डिएल पद्धतिबाट गरिएको हो । खेल वर्षाले रोकिनुअघि पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो । 

खेल रोकिनुअघि पाकिस्तानलाई जितका लागि ७९ रनको आवश्यकता रहेको थियो । पाकिस्तानाका लागि मोहमद ताहाले ९२ रनको योगदान दिँदा साद खानले अविजित ३५ रन जोडे । बंगलादेशका क्वाजी इस्लामले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पूरै ५० ओभर खेल्दै २७४ रन बनाएको थियो ।  बंगलादेशका लागि पिनाक घोषले ८२ तथा सइफ हुसेनले ६१ रन जोडेका थिए । पाकिस्तानका मुनिर रियाजले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र