काठमाडौं । पाकिस्तान मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई डर्कवर्थ लेविस (डिएल) पद्धतिको आधारमा २ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।
अब पाकिस्तानले उपाधिको लागि नेपाल र अफगानिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अफगानिस्तानबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । फाइनल खेल भने आइतबार हुनेछ ।
मलेसियाको किनरारा ओभल मैदानमा बंगलादेशले दिएको २७५ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेपछि खेलको नतिजा डिएल पद्धतिबाट गरिएको हो । खेल वर्षाले रोकिनुअघि पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो ।
खेल रोकिनुअघि पाकिस्तानलाई जितका लागि ७९ रनको आवश्यकता रहेको थियो । पाकिस्तानाका लागि मोहमद ताहाले ९२ रनको योगदान दिँदा साद खानले अविजित ३५ रन जोडे । बंगलादेशका क्वाजी इस्लामले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पूरै ५० ओभर खेल्दै २७४ रन बनाएको थियो । बंगलादेशका लागि पिनाक घोषले ८२ तथा सइफ हुसेनले ६१ रन जोडेका थिए । पाकिस्तानका मुनिर रियाजले ३ विकेट लिए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका