३० कात्तिक, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको असरले आज देशको अधिकांश भेगमा बदली भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका साथै उत्तर पश्चिम बंगालको खाडीमा विकसित भएको बलियो खालको न्यून चापीय प्रणालीले नेपालमा पनि असर गरेको मौसमविद् सुवास रिमालले बताए । मौसम बदलीसँगै आज काठमाडौँ उपत्यकामा चिसो महसुस गरिएको छ ।
मौसमी प्रणालीको बदलीले तापक्रममा केही कमी आउने हुँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा चिसो बढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । “भारतको उत्तराखण्ड र जम्मु कास्मिरको हिमाली क्षेत्रमा हिमपात भएकाले सो क्षेत्रबाट बहेर आउने वायुका कारण तुलनात्मक रुपमा अबको तीन दिनसम्म चिसो बढ्ने देखिन्छ,” मौसमविद् रिमालले भने ।
उहाँका अनुसार न्यून चापीय प्रणालीको प्रभाव अझै एक÷दुई दिन रहनेछ । बंगालको खाडीबाट आएको प्रणालीले देशका पूर्व र मध्य तथा पश्चिमी न्यून चापीय प्रणलीले पश्चिमी क्षेत्रमा बढी असर पारेको छ । यसको असर बुधबारदेखि असर देखिएको हो । मौसमी प्रणालीको प्रभावले पूर्व र मध्यका एक÷दुई स्थान र पश्चिमी पहाडी क्षेत्रका केही भागमा छिटफुट वर्षाका साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको तापमान न्यूनतम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस मापन भएको छ । सबैभन्दा कम जुम्लामा एक र सबैभन्दा बढी सिमरामा ३१ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र