
ओलीले मंसिर १० र २१ गते बामपन्थी आँधी आउने भन्दै त्यो तुफानले कांग्रेसलाई बढार्ने उद्घोष गरे । उनले भट्टराईलाई लक्षित गर्दै देश अगाडि बढाउने प्रयाससँग टकराव गरेर कोहि यसलाई रोक्न खोज्छ भने त्यो बबुरामात्रै हुने टिप्पणी गरे ।
नयाँ शक्तिका नेता कार्यकर्ता जति एमालेमा प्रवेश गरिसकेको दाबी गर्दै ओलीले भने, ‘नयाँ शक्तिका पार्टीका अध्यक्षबाहेक सबैलाई मैले एमालेमा समावेश गरिसकेँ । बाँकी केहि छैन ।’ सोहि कार्यक्रममा नयाँ शक्तिका अन्तराष्ट्रिय विभाग प्रमुख इन्द्र भट्टराई वाम गठबन्धनमा प्रवेश गरेका थिए ।
ओलीले भट्टराईप्रति लक्षित गर्दै अगाडि भने, ‘ बबुरा अध्यक्ष लिएर कांग्रेसले प्रजातन्त्र जोगाउँछ रे ! कर्कलोलाई बञ्चरो चलाउन जरुरी छैन ।’
उनले अब कम्युनिष्ट सरकार आउँछ भनेर कांग्रेसले ठीक बुझेको भन्दै ओलीले भने, ‘बुढोरुख ढल्यो । शेरबहादुर देउवा कांग्रेस पार्टीका अन्तिम प्रधानमन्त्री हुन् । त्यो पनि पुस अन्तिम सम्म ।’
उनले अब बृद्धभत्ता ५ हजार पुर्याउने भन्दै घरघरमा पुगेर बृद्धबृद्धालाई कम्युनिष्ट सरकारले ५ हजार खनखनी गनेर दिने समेत दाबी गरे । उनले अगाडि भने, ‘ यो सुनेर कांग्रेस छट्टपटाउलान् तर कार्यकर्ता पर्दैन । ’
। उनले कांग्रेसप्रति कटाक्ष गर्दै भने, ‘पहिले चुनावमा स्याउला बोक्नु हुन्थ्यो । अब आफ्नै आँखा निकाल्न भएन के भनेर प्रचार गर्नुहुन्छ ?’
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा