November 15, 2017

एमाले अध्यक्ष ओली : कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् शेरबहादुर देउवा

२९ कात्तिक, गोरखा : एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताएका छन् ।

 

xzनिर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ओलीले भने, ‘मंसिर १० र २१ गते बुढो रुख ढल्छ । बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ ।’

गोरखा क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्दै ओलीले बुढा रुखको आडमा सीसा र प्लाष्टिकको आँखा लिएर काम नभएको टिप्पणी गरे । कांग्रेसले बबुरा अध्यक्ष लिएर कुदेको भन्दै ओलीले भने, ‘कांग्रेसप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’

‘पहिले रुखको हाँगा भाँचेर हिँड्थे’, ओलीले थपे, ‘अहिले आँखा लिएर हिँड्न मिलेन ! एउटा अध्यक्ष र केही कलाकार भएको पार्टीलाई बोकेर काम छैन ।’

अर्काे प्रसंगमा ओलीले कर्कलोलाई बञ्चरो चलाउनु आवश्यक नरहेको भन्दै बाम गठबन्धनबाट कांग्रेस अत्तालिएको बताए । एमाले अध्यक्ष ओली गोरखामा नारायणकाजी श्रेष्ठको चुनावी अभियानलाई सहयोग गर्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक